‘ओली सरकार ढाल्छौं, नयाँ खेलमा छैनौं’
काठमाडौँ ६ साउन ।
संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले केपी ओली नेतृत्वको सरकार ढाल्न आन्दोलनकारीले सघाए पनि अब बन्ने सरकारमा यही अवस्थामा नजाने स्पष्ट पारेका छन्।
ओलीले मधेस आन्दोलनविरुद्ध दिएका अभिव्यक्तिका कारण मोर्चा र गठबन्धन उनीविरुद्ध मत हाल्न संस गए त्यसले आन्दोलनकारी पक्षलाई उत्साहित बनाउने उनको भनाई थियो।
गठबन्धनल अघि सारेका २६ माग सम्बोधन, त्यसका आधारमा संविधान पुर्नलेखन नहुँदासम्म अडान यथावत रहने उनको भनाई थियो। उनले आफूहरु कतै यही अवस्थामा सरकारमा जाने त होइन भनी अनावश्यक शंका नगर्न आग्रह समेत गरे।
सरकार निर्माण हुनुपूर्व आन्दोलनकारीको माग सम्बोधन गर्नतर्फ कुनै गम्भीर कुराकानी भए सोच्न सकिने उनको संकेत थियो। कान्तिपुर दैनिकमा समाचार छ।
प्रतिकृया दिनुहोस्
Loading...