मोटरसाइकलको ठक्करले बालिकाको मृत्यु

चितवन, ७ साउन ।

पूर्वी चितवनको खैरहनीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

बिहीबार साँझ भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी ती बालिकाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ठक्करबाट मृत्यु हुनेमा खैरहनी नगरपालिका–४ निवासी विकास दराईकी ५ वर्षीया छोरी मुस्कान दराई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

खैरहनी नगरपालिका–३ स्थित सडकमा ना ३८ प ८३०६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

मोटरसाइकलका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...