जर्मनीमा महिला भेला सम्पन्न
गैरआवासीय नेपाली संघ जर्मनीकी महिला कोर्डिनेटर इम्प्रेश सिंहको सक्रियतामा जर्मनीको फ्र्यान्क्फोर्ट शहरमा महिला भेला सम्पन्न भएको छ।
गत बिहिबार सम्पन्न उक्त भेलामा आइसीसी कि महिला संयोजक सपिला राजभन्डारी र सह-संयोजक राजनी प्रधानले अतिथीको रुपमा एनआरएनएले महिलाको लागि गरिरहेको कार्यहरुको व्याख्या गरिन ।
एक युरो प्रोजेक्ट, खाडीमा कार्यरत महिलाहरुको हकहितका लागि गरिएका पहलहरु, नेपालमा महिलाहरुको आङ खस्ने समस्याको उपचारको लागि चलाइएका हेल्थ क्याम्पहरु, नेपाली महिलालाई आत्म निर्भर बनाउनको लागि ऋणको रुपमा टेम्पो किन्ने कार्यक्रम देखी हरेक एनआरएनए महिलाहरुका लागि आफू बस्ने देशको झन्डासँग मेल खाने रङ र रातो लाली गुराँस बुट्टाले भरिएको सारी लगाउने अभियान जस्ता बिषयहरुमा अतिथी द्वयबाट प्रकाश पारिएको थियो।
एक युरो प्रोजेक्ट अन्तर्गत १५६ युरो रकम उठेको थियो। उठेको रकम अहिले महिला संयोजकले संकलन गर्दै पछी महिलाहरुको लागि छुट्टै खाता संचालन गर्ने निर्णय भएको थियो। कार्यक्रममा एनआरएनए जर्मनीका अध्यक्ष नब राज रोस्यारा, संरक्षक रण बहादुर बिक, एलसीसी कोर्डिनेटर लोक मणी ढकालको पनि उपस्थिती थियो।
भेलापछि उपस्थित महिलाहरुको लागि होटेल होक्स्टर होफले खानाको ब्यबस्था गरी स्पोन्सर गरेकोमा होटेल होक्स्टर होफ परिवारलाई हार्दिक धन्यवाद ब्यक्त गरिएको थियो।भेलाले आगामी अगस्ट छ तारिख शनिबारका दिन फ्र्याक्फोर्टको ओस्ट पार्कमा ११ बजे देखी ग्रिलपार्टी गर्ने र एलसीसी हेसेनको महिला कोर्डिनेटर पनि चयन गर्ने निर्णय गरेको छ।
महिलाहरु आयोजक रहेको अगस्ट छ तारिख शनिबारका दिन फ्र्यान्क्फोर्टको उक्त ग्रिल पार्टीमा हामी सबै हेसेनबासी नेपाली दिदी बहिनी तथा दाजुभाइहरुमा हार्दिक आमन्त्रण गरिएको छ। कार्यक्रमको बृस्तित विवरण चाडैं प्रकाशित गरिने जनाएको छ
प्रतिकृया दिनुहोस्
Loading...