साहित्यिक कार्यक्रम एटलान्टामा सम्पन्न

विजय थापा, वाशिंगटन, डिसी 

गत जुलाई १ देखि ३ सम्म एएनए सम्मेलनको अवसरमा एटलान्टामा आयोजित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा विशेष साहित्यिक कार्यक्रम सम्पन्न भयो l

संस्थाका अध्यक्ष पदम विश्वकर्माको सभापतित्वमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि डा. अर्जुन कार्कीले पानसमा बत्ति बालेर उद्घाटन गर्नु भएको थियो । 

कार्यक्रमका अबसरमा प्रमुख अतिथि डा. कार्की, माननीय सांसद रबिन्द्र अधिकारी, साहित्यकार कृष्ण धराबासी, सल्लाहकार बिमल नेपाल, समाजसेवी राजा घले, एएनए अध्यक्ष रोजर अधिकारी, कार्यक्रम सल्लाहकार संजिव सापकोटा, अनेसास जर्जिया च्याप्टरका अध्यक्ष चेतनाथ घिमिरे, राजेन्द्र केसी आदिले साहित्यकारहरुको तस्वीरमा माल्यार्पण गर्नु भएको थियो ।

सो अवसरमा जर्जिया च्याप्टरका अध्यक्ष चेतनाथ घिमिरेले स्वागत मन्तब्य प्रकट गर्नु भएको थियो ।कार्यक्रमका अवसरमा प्रमुख अतिथि, सभापति, विशिष्ट अतिथिहरुले संयुक्तरुपमा मुक्तकार तिर्थराज अधिकारीद्वारा लिखित मुक्तक संग्रह बिरिम फूलको बिमोचन गरिएको थियो । कृतिका बारेमा मुक्तकार तीर्थराज अधिकारीले लेखकीय मन्तब्य प्रकट गर्नु भएको थियो ।

कार्यक्रमको अर्को चरणमा आयोजित प्रतियोगित्मक कविता बाचन कार्यक्रममा प्रतियोगी र अप्रतियोगी कविहरुले आआफना रचना बाचन गरेका थिए । रचना बाचन गर्नेहरुमा पुरुषोत्तम ढकाल, शरद निरौला, प्रकाश नेपाल, ज्योति पौडेल, नम्रता गुरागाईं, गीता सापकोटा, राजेन्द्र केसी, रजर अधिकारी, बद्रि अधिकारी, राजा घले, रमेश गुरुङ, मोक्ष मुर्ति, हरि पौडेल, नारायण अधिकारी, धर्म भट्टराई (हरि दाइ),कृष्ण श्रेष्ठ, राजु भण्डारी, किरण ढकाल, पदम बिश्वकर्मा आदि हुनुहुन्थ्यो ।

प्रतियोगितामा राजु भण्डारी प्रथम, नारायण अधिकारी द्वितीय र धर्म भट्टराई तृतीय हुनुभएको थियो । पुरस्कृत कविहरुलाई क्रमश: विश्व हिन्दु महासंघ अमेरिकाका संयोजक किरण श्रेष्ठ, समाजसेवी तथा नासाका पूर्ब अधक्ष , राजा घले र सन्जिब सापकोटाले पुरस्कार रकम प्रयोजन गर्नुभएको थियो भने निर्णायकहरुमा साहित्यकार कृष्ण धराबासी, राजेन्द्र केसी र ज्योति पौडेल हुनुहुन्थ्यो ।

सो अवसरमा निर्णायकहरुको तर्फबाट निर्णय प्रस्तुत गर्नुहुँदै साहित्यकार धराबासीले आफ्नो मन्तब्य प्रकट गर्नुभएको थियो |प्रतियोगितामा बिजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र जुलाई ३, २०१६ (आइतबार) साँझ आयोजित सांस्कृतिक कार्यक्रमका अवसरमा प्रदान गरिएको थियो ।युवाहरु दिनांकर बानियाले भानुभक्तको बारेमा र निकी घिमिरेले महाकवि देवकोटाको बारेमा जानकारी प्रस्तुत गरेका थिए ।

कार्यक्रममा साहित्यकार तथा पत्रकार विकास संग्रौला, नासाका पूर्व अध्यक्ष तथा समाजसेवी राजा घले, प्रमुख अतिथि राजदुत कार्कीले आफ्नो मन्तब्य प्रकट गर्नुभएको थियो भने अनेसासका सचिब प्रकाश नेपालले कविताका माध्यमबाट धन्यवाद प्रकट गर्नुभएको थियो भने सभापतिले मन्तब्यका साथमा कार्यक्रम बिसर्जन गर्नु भएको थियो ।

कार्यक्रम अनेसास जर्जिया च्याप्टरका महासचिव किरण ढकालले संचालन गर्नुभएको थियो । कार्यक्रमको बीआरटि नेपाल र ईनेपलिज डटकमबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...