जापानमा सुदूरपश्चिमेली युवाहरु एकजुट

बैदेशिक अध्ययनका लागि नेपालको सुदुरपश्चिम क्षेत्रबाट जापान गएका युवाहरु एकजुट भएका छन् । जापानको क्युसु (फुकुओका)क्षेत्रमा समिति गठन गरेसँगै सुदुरपश्चिमेली युवाहरु एकजुट भएका हुन् ।

फुकुओकामा भएको सुदुरपश्चिमेलीवासी युवाहरुको भेलाले ९ जुलाई शनिवारका दिन सुदुरपश्चिमेली समाज फुकुओका गठन गरेको हो ।
भेलालेले दिलेन्द्र प्रसाद जोशीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ । 

गठित समाजको उपाध्यक्षमा मोहन सिंह, कोषाध्यक्षमा हिमाल पौडेल, सह– कोषाध्यक्ष विकास रोकाया, सचिवमा पंकज मजगाई, सह–सचिवमा प्रिया बलायर चयन भएका छन् ।

त्यस्तै सदस्यमा किशोर सिंह ठगूँगा, इश्वर बोहरा, दिनेश भट्ट, सुरेन्द्र बुढा, सुनील कडेंल, गहेन्द्र सिंह, अखिल भट्ट, कृष्ण शाही ठकुरी, सुरेन्द्र पोख्रेल रहेका छन् ।

जापनको क्युसु क्षेत्रमा छरिएर रहेका सुदुरपश्चिमेलीबासी नेपालीहरुको हक हित र सुदुरपश्चिमेली कला सांस्कृतिलाई जापान भरी चिनाउने उद्देश्यले समाज गठन गरिएको अध्यक्ष दिलेन्द्र प्रसाद जोशीले बताए ।

यसैबीच सुदूरपश्चिमेली समाज जापानका अध्यक्ष पूर्ण चलाउनेले क्युसुमा गठित कार्य समितिलाई बधाई दिदै खुशी ब्यक्त गरेका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...