कतारमा चितवन धमाका साँझ सम्पन्न
इदको छुट्टीलाई मध्यनजर गर्दै आयोजना गरिएको कार्यक्रममा प्रवासी नेपालीहरुले मनोरन्जन लिए । विदेश बस्ने नेपालीहरुलाई मध्यनजर गर्दै लोकगायक नेत्रजीत पन्तले ‘अहिलेको दशैमा घर जाने हो यसपाली’ बोलको गीत गाएर नेपालको झल्को मेटाए ।
कार्यक्रममा लोकदोहोरी गायिका भुमिका गिरीले कतारको स्टेज तताइन । उनको चलेको गीत ‘तिउन मिठो बनायो चुकैले , त्यो दिल भित्र अर्कैलाई राखेर मलाई ठिक्क बनायो मुखैले’ बोलको गीतमा युवाहरु झुमेर नाँचे ।
कार्यक्रमका आर्कषक कलाकार ज्योती काफ्लेले कतारमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई लगायतको क्यारिकेचर गरेर सहभागीलाई मनोरञ्जन लिए । उनी प्रधानमन्त्रीको भेषमा स्टेजमा प्रबेश गरेका थिए ।त्यस्तै पूर्वप्रधानमन्त्री तथा नयाँ शक्तीका संयोजक डा.भट्टराईको दुरुस्तै नक्कल गरेर कार्यक्रममा उपस्थित दर्शकहरुको मन जिते । नयाँशक्तीको सदस्यता र नायिका करिष्मालाई नयाँशक्तीमा जोडेर उनले व्यङ्गे हाने ।
कार्यक्रममा पप गायक संजिव सिंह रानाले ‘जहाँजमा फिलीली’, ‘खाईदेउ कसम’ , ‘खोजी आउ पहिले सरकारी जागीर’, ‘आशैको गुलेलीले’ र ‘म त मर्छु की क्या हो काली’ बोलको गीत मार्फत दर्शकहरुलाई मनोरन्जन दिए । कार्यक्रममा लोकगायिका सरिता गुरुङ्ग श्रेष्ठले लोकदोहोरी गीत मार्फत आफ्नो प्रस्तुती राखिन ।कार्यक्रममा द रेन्ज व्याण्डले आफ्नो प्रस्तुती राखेको थियो । गायक दामोदर न्यौपाने , नरेन खड्का र नवराज श्रेष्ठको पप र रक प्रस्तुतीमा युवाहरु झुमे । गायक बालबिक्रम थापाले ‘छोडी जाने निष्ठुरी माया’ र ‘चोर बिरालो पल्क्यो’ बोलको गीत गाए ।
चितवन युवा समुह कतारका अध्यक्ष भुमिराज कार्कीले सभापतित्व गरेको कार्यक्रलाई महासचिव सुरेश परियार र संचारकर्मी बिजय अधिकारीले संचालन गरेका थिए ।कार्यक्रममा संगीतप्रेमी दर्शकहरुसँगै विभिन्न संघसंस्थाहरुका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा अध्यक्ष कार्कीले सबैप्रती आभार प्रकट गर्दै कार्यक्रमको समापन गरेका थिए ।
प्रतिकृया दिनुहोस्
Loading...