नवलपरासीको सदरमुकाम परासी डुबानमा

काठमाडौं ७, साउन ।

रातभर परेको पानीले नवलपरासीको सदरमुकाम परासी डुबानमा परेको छ । डुबानका कारण स्थानीयलाई हिडडुलमा समेत समस्या भएको छ ।

सदरमुकाम परासी भएर बग्ने झराही खोलामा ठूलो बाढी आएको छ । सदरमुकाम परासीमा पानीको निकास नभएका कारण परासीको मुख्य चोकका साथै सडक छेउछाउको भूभाग डुबानमा परेको छ ।

त्यसैगरी नवलपरासीको बेनिमणिपुर ६ पनि डुबानमा परेको छ । बेनिमणिपुर ६ को कोल्टानी, बैरेनी, खयरघारी गाउँ पुरै डुबानमा परेको छ । बाढीले बाख्रा तथा कुखुराहरु बगाएको स्थानीयले बताएका छन् ।

 त्यसैगरी नवलपरासीको वेनिमणिपुर ३ को बालुचिरा गाउंमा १५र१७ घर डुबानमा परेको स्थानीय बताए । उता नवलपरासीको हरपुर क्षेत्र पनि डुबानमा परेको छ ।

तस्वीर: सरु शर्माको फेसबुकबाट

, , ,

प्रतिकृया दिनुहोस्

Loading...