दिपाश्री निरौला निर्देशित ‘छक्का पन्जा’को नयाँ गीत ‘देख न चम्पा’ गीत सार्बजनिक भएको छ। गीतमा दिपाश्री तथा दिपक शर्माको स्वर रहेको छ। शान्तिप्रियको रचना रहेको गीतमा दिपक शर्माले नै संगीत दिएका हुन्।
गीतमा चलचित्रका मुख्य कलाकार दिपकराज गिरी तथा प्रियंका कार्की मुख्य रूपमा फिचर भएका छन्। साथमा चलचित्रका मुख्य कलाकारहरु जीतु नेपाल, केदार घिमिरे, नम्रता सापकोटा, शिवहरी पौडेल, बर्षा राउत, वुद्धी तामाङलाई पनि गीतमा देखाइएको छ । चलचित्र भदौ २४ गते रिलिज हुँदैछ।
चलचित्रमा दिपक, प्रियंकाका अलावा जितु नेपाल ‘मुन्द्रे’, शिवहरी पौडेल, केदार घिमिरे ‘माग्ने बुढा’, बुद्धि तामाङ्, वर्षा राउत, नम्रता सापकोटा आदिको मुख्य भूमिका रहेको छ।