तटबन्ध फुटेर गाउँ पस्ने खतरा बढेपछी निर्माणमा जुट्यो सेना
भीमदत्तनगर, ६ साउन ।
कञ्चनपुरको दोधारा चादँनी ४ मा महाकाली नदीको तटबन्ध फुटेर भंगालो गाउँ पस्ने खतरा बढेपछी नेपाली सेनाले निर्माणको काम थालेको छ ।
स्थानीय प्रशासनले सबै सुरक्षा निकायलाई झै भीमदत्तनगरमा रहेको नेपाली सेनाको भगतपुर ब्यारेकलाई पनि तटबन्धको अवस्थाबारे अवगत गराएपछी सिंहसार्दुल गुल्मका गुल्मपति सेनानी सुजन शाक्यको सैनिक टोली तटबन्ध निर्माणमा जुटेको हो ।
सिंहसार्दुल गुल्मका गुल्मपति सेनानी सुजन शाक्यले बताए अनुसार– “तत्काल तटबन्ध टालटुल नपारिएको भए नदी गाउँ पस्ने सम्भावना निकै थियो ।” उनले सेना लगायत अन्य निकाय तत्काल खटिनाले तटबन्ध भत्किनबाट जोगिएको बताए ।
दोधारा चादँनी नगरपालिका–४ लट्ठाघाट क्षेत्रमा पर्ने महाकाली नदीमा डेढ दशकअघि जाइकाले बनाइदिएको तटबन्ध मर्मत सम्भार गर्नुपर्ने अवस्थामा रहेको छ ।
त्यसैगरी मध्यरातसम्म जागाराम बसेर तटबन्ध बनाएर नदी गाउँ पस्नबाट रोकेको सेनाको टोली बुधबार पनि दिनभर तटबन्ध निर्माणमा जुटेको थियो ।
नदीले करिब २० मिटर तटबन्ध भत्काउन सुरु गरेको थिए । सेना र प्रहरीले गाउँमा रहेको ढुङ्गा र तारजालीको सहायतामा तटबन्ध बनाएका हुन । जसमा गाउँलेको पनि निकै ठूलो श्रमदान रहेको जनताको तटबन्ध फिल्ड कार्यालय नम्बर–७ का प्रमुख हिलानन्द यादवले बताए ।
“सेना नभएको भए तटबन्ध भत्किएर चार वटा वडा डुबान पर्ने स्थिति थियो ।” जनताको तटबन्धका कार्यालय प्रमुख यादवले भने– “सुरक्षा निकाय रातभरि टर्च बालेर, गाडीको उज्यालोको सहारामा जोखिम मोलेर तटबन्ध बनाउन खटियो ।”

प्रतिकृया दिनुहोस्
Loading...