संसदमा लफडाको संकेत, प्रधानमन्त्री ओलीलाई तनाब
काठमाडौँ ६ साउन ।
माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिएर कांग्रेससँग सहकार्य गर्दै संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि प्रधानमन्त्री केपी संसदमा लफडा हुने संकेत देखिएको छ ।
विपक्ष दलले संसदमा दर्ता गराएको अविश्वासको प्रस्तावको कार्यसूची अनुसार बिहीबारदेखि त्यसमाथि छलफल गर्नुपर्ने हो । तर, एमालेले अविश्वासको प्रस्ताव दर्ता गर्नुभन्दा अघि संसदको कार्यसूचीमा आश्रित विद्येयक रहेको भन्दै पहिले विद्येयकबारे नै छलफल हुनुपर्ने अडान लिएको छ ।
अडानै अडानले बिना निष्कर्ष टुंगियो शीर्ष नेताहरुको बैठक
यसै विषयमा बिहीबार शीर्ष नेताहरुबीच सहमतिको प्रयास भएता पनि सबै सत्तापक्ष र विपक्ष आ–आफ्नै अडानमा भएका कारण त्यसले मूर्त रुप लिन सकेको छैन ।
एमाले आश्रित विद्येयक पारित गरेर मात्र अविश्वासको प्रस्तावमाथि छलफल गर्नुपर्ने भन्दै लागिपरेको छ भने कांग्रेस–माओवादी अविश्वासको प्रस्ताव दर्ता भइसकेकाले त्यसबारे छलफल गर्नुको कुनै औचित्य नरहेको तर्क गर्छन् ।
विपक्षको भनाइअनुसार अल्पमतमा रहेको सरकारले दर्ता गरेको विद्येयक संसदबाट पास गराउँदा उसको बहुमत देखिन्छ । त्यसैले पनि यो असम्भव छ । तर, एमाले भने आश्रित विद्येयक सैद्धान्तिक रुपमा पास भइसकेकाले पहिले त्यही पास गर्नुपर्ने अडानमा छ ।
सरकार ढल्ने निश्चित भएपछी ओलीलाई तनाब
अविश्वासको प्रस्ताव पास भएपछि सरकार ढल्ने निश्चित भएपछि प्रधानमन्त्री ओलीलाइ सबै भन्दा बढी तनाब भएको छ। प्रधानमन्त्री ओलीले त्यति सजिलै सरकार नछाड्ने योजना अनुसार संसदमा बखेडा थापेको विश्लेषकको बुझाइ छ ।
एमालेले दुई, तीन वटा बैठक अवरुद्ध पारेर विपक्षीलाई झस्काउन चाहेको स्रोत बताउँछ । यी सबका बीच कांग्रेस र माओवादीले विद्येयक र अविश्वासको प्रस्तावलाई एकै कार्यसूचीमा राख्नेगरी लचिलो हुने रणनीति बनाएका छन् । तर, एमालेले पहिले विद्येयक नै पारित हुनुपर्ने अडान नछाड्ने बुझिएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...