भोजपुरमा नौ दिनदेखि उडान अवरुद्ध

भोजपुर, १० साउन ।

लगातार पानी परेसँगै बाक्लो कुहिरो लागेपछि भोजपुरमा हवाई उडान बन्द भएको बताइएको छ ।

लगातारको वर्षात्सँगै हवाई मैदानमा बाक्लो कुहिरो लाग्नाले नौ दिनयता हवाई उडान हुन नसक्दा सर्वसाधारण निकै समस्यामा परेका छन् ।

खराब मौसमकै कारण गएको असार महिनामा नेपाल वायुसेवा निगमको तालिका अनुसार भोजपुर–काठमाडौँ १९ उडान हुनुपर्नेमा १४ उडान मात्र भएका थिए ।
त्यसैगरी भोजपुर–विराटनगर १४ उडान हुनुपर्नेमा आठ उडान मात्र भएको भोजपुर विमानस्थलका वरिष्ठ अधिकृत विशाल वरुणले जानकारी दिए ।

असारमा सामान्य उडान भए पनि साउन महिना लागेयता कुनै उडान हुन नसकेको अधिकृत वरुणले बताए । उडान रद्ध भएसँगै जिल्ला अस्पताल भोजपुरले उपचारका लागि काठमाडौँ पठाएका बिरामी सदरमुकाममै रोकिएका छन् ।

यसैबीच भोजपुरमा नेपाल वायुसेवा निगम र तारा एयरले उडान भर्दै आएकामा तारा एयरको उडान डेढ महिनायता बन्द रहेको छ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...