पूर्वराजा ज्ञानेन्द्र अचानक युरोपतिर, पारसलाई निर्मल निबास रुङ्ने ड्युटी

काठमाडौँ ८ साउन ।

पूर्वराजा ज्ञानेन्द्र शाहसपरिवार शुक्रवार राति युरोतर्फ प्रस्थान गरेका छन्। उनी युरोपेली राष्ट्र इटालीतर्फ प्रस्थान गरेका हुन्। 
 
छोरा पारसलाई निर्मल निबासमा रुङ्ने जिम्मेवारी दिएर उनी दुई साता लामो इटाली भ्रमणमा निस्केका हुन्।
 
उनका साथमा पूर्वरानी कोमन, बुहारी हिमानी, नाति ह्दयेन्द्र, नातिनीद्वय पूर्णिका र कीर्तिका, शाही अर्दली हस्तवहादुर थापा, दुई नानी, निजी सचिव सागर तिमिल्सिना, अंगरक्षक गगन श्रेष्ठसहितको टोली इटाल गएको हो। 
 
सुनाकोठी बस्दै आएका पारस घर कुनै निर्मल निवास आएका हुन्। नाति नातिनाको बिदा मनाउन सपरिवार विदेश भ्रमणमा निक्स्केको स्रोतले जनाएको छ। 
 
नितान्त व्यक्तिगत भ्रमणमा निस्केका पूर्वराजाले त्यहाँको ऐतिहासिक स्थलहरुको अवलोकन गर्ने बुझिएको छ। उनी कततार ट्रान्जिट हुँदै इटालीजाने कार्यक्रम तय भएको निर्मल निवास स्रोतले जनाएको छ। नेपाल समाचार पत्र दैनिकमा समाचार छ। 
 
इटाली बसाइको क्रममा उनले त्यहाँ रहेका नेपालीसँग पनि भेटघाट गर्ने कार्यक्रम तय भएको छ। सरकार परिवर्तनको किचलो चलिरहेको र कतिपय पक्षले राजतन्त्र र हिन्दू धर्मको वकालत गरिरहेका बेला उनी भने विदा मनाउन हिँड्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ। 

प्रतिकृया दिनुहोस्

Loading...