पत्रकार पाण्डेयलाई सम्मान

पोखरा ७ साउन । 

लायन्स क्लब अफ पोखरा अन्नपूर्णको आफ्नो २९ औं पदस्थापनको अबसर पारेर क्लबले पत्रकार घनश्याम पाण्डेयलाई सम्मान गर्ने भएको छ ।

क्लबको एकहप्ता अघि बसेको बैठकले पत्रकार पाण्डेयलाई सम्मान गर्ने निर्णय गरेको लायन बर्ष २०१५÷०१६ का अध्यक्ष लायन एमजेएफ कृष्णप्रसाद श्रेष्ठले बताए । पदस्थापन कार्यक्रमका प्रमूख अतिथि एबं कास्कीका प्रमूख जिल्ला अधिकमारी हरिप्रसाद मैनालीले पाण्डेयलाई दोसल्ला ओढाएर नगद १० हजार सहित सम्मानपत्रद्धारा सम्मान गर्ने भएको हो ।

२०३९ साउन ३० गते स्याङजाको स्वरेक–५ मा जन्मिएका पत्रकार पाण्डेयको पत्रकारिता जीवन २०६० देखि शुरु भएको हो । शुरुमा

संबाददाता रहेर पत्रकारिता शुरु गरेका पाण्डेय हाल रेडियो गण्डकीको स्टेशन म्यानेजर हुन् । शुरुमा हिमचुली एफएफ पोखराबाट सञ्चारकर्म शुरु गरेका पाण्डेयले काठमाडौको नेपाल एफएफएम नेटवर्क, रेडियो गण्डकी, गण्डकी टेलिभिजन, गण्डकी खबरमा कामगरि सकेका छन । पाण्डेय परोपकारी पत्रकारितामा बढि कलम चलाउने गर्छन् ।

विभिन्न सामाजिक संघसंस्थामा क्रियाशिल पाण्डेय उद्घोषण तालिम, सकारात्क सोच र नेतृत्व विकासका लागि विगत दश बर्षदेखि प्रशिक्षण पनि गराउँदै आएका छन् ।

उत्कृष्ट क्षेत्रीय रोयल सहकारी पुरस्कार, गण्डकी मिडिया हाउसले प्रदान गर्ने बेष्ट अफ स्टाफ अफ दि ईयरबाट दुईपटक सम्मानित भइसकेका छन् ।

नेपाल पत्रकार महासघद्धारा प्रदान गर्ने स्वर्गिय जगनाथ सिग्देल उत्कृष्ट पत्रकारिता पुरस्कार, उत्कृष्ट समाचारबाचक पुरस्कार, फ्लोरी कल्चर एसोसिएसन कास्की पुरस्कार २०७१, उत्कृष्ट क्षेत्रीय अर्गानिक पत्रकारिता पुरस्कार २०७०, पृथ्वी होटल व्यवसायी समिति पोखरा २०७२ र लायन्स क्बल अफ पोखरा माछापुच्छ«ेद्धारा सम्मानीत भइसकेका छन् ।

प्रतिकृया दिनुहोस्

Loading...