सरकारविरूद्ध सदनमा अविश्वास प्रस्ताव पेश
काठमाडौँ ७ साउन ।
केपी ओली नेतृत्वको सरकारविरुद्ध आज संसदमा अविश्वास प्रस्ताव पेश भएको छ। सभामुख ओनसरी घर्तीले कांग्रेस र माओवादी केन्द्रसहित २८१ सदस्यले धारा २९८ को उपधारा १३ बमोजिम पेश गरेको अविश्वास प्रस्तावमाथि छलफलका लागि साउन ७, ८ र ९ गते निर्धारण गरेको जानकारी गराइन्।
अहिले संसदमा प्रस्तावक नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गरिरहेका छन्।
प्रतिकृया दिनुहोस्
Loading...