केसी आन्दोलनमा राष्ट्रिय चिकित्सक संघको ऐक्यवद्धता
त्रिवि शिक्षण अस्पतालमा अनसनरत् वरिष्ठ चिकित्सक गोविन्द केसीको आन्दोलनप्रति राष्ट्रिय चिकित्सक संघले ऐक्यवद्धता जनाएको छ। स्वास्थ्य क्षेत्रका बेथितिविरूद्ध केसीले थालेको आठौंपटकको अनसनका माग जायज रहेको भन्दै उसले ऐक्यवद्धता जनाएको हो।
मंगलबार एक विज्ञप्ति जारी गरी संघले समग्र स्वास्थ्य क्षेत्रको बेथितिको अन्त्यका लागि दायित्व पूरा गर्न सरकारसँग माग गरेको छ।
चिकित्सा क्षेत्रका बेथिति अन्त्य, पहिले भएका सहमति कार्यान्वयन तथा अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग माग गर्दै केसी आइतबारदेखि आठौंपटक अनसन बसेका छन्।
प्रतिकृया दिनुहोस्
Loading...