करेन्ट लागेर युवकको मृत्यु
राजविराज, ६ साउन ।
सप्तरीको लोहजारा गाविसमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लोहाजारा गाविस–३ बस्ने १८ वर्षीय भुटाई महतो रहेको प्रहरीले जनाएको छ ।
महतोले खेतमा पानी पटाउनका लागि बुधबार साँझ मोटर चलाउन खोज्दा करेन्ट लागेको हो ।
महतोले खेतमा पानी पटाउनका लागि बुधबार साँझ मोटर चलाउन खोज्दा करेन्ट लागेको हो ।
करेन्ट लागेर सिकिस्त भएका उनलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरे पनि उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...