खानीडाँडामा उडान अवरुद्ध, बिरामीलाई सास्ती
खोटाङ, ६ साउन ।
लगातारको वर्षा र बाक्सो हुस्सुका कारण खोटाङको मनमायाँ राई खानीडाँडा विमानस्थलमा उडान अवरुद्ध भएको छ ।
गत असार–२९ गते नेपाल एयरलाइन्सको विमानले उडान भरेको विमानस्थलमा वर्षा र हुस्सुका कारण त्यस यता कुनै पनि उडान हुन सकेको छैन ।
सदरमुकाम दिक्तेल नजिक रहेको विमानस्थलमा उडान अवरुद्ध भएपछि जिल्ला अस्पताल खोटाङबाट अन्यत्र पठाइएका बिरामीलाई सबैभन्दा बढी समस्या भएको छ ।

विमानस्थलमा उडान नभएपछि बिरामीलाई स्ट्रेचरमा बोकेर गाडी चढाउन कष्टका साथ हलेसीसम्म पु¥याउनुपर्ने बाध्यता रहेको बिरामीका आफन्तहरुले बताएका छन् ।
पछिल्लो समय मौसममा आएको खराबीका कारण विमानस्थलमा उडान नहुँदा आफूहरुलाई समेत समस्या भएको विमानस्थल प्रमुख यादवसेन राईले बताए ।

“उडान हुन्छ भनेर टिकट काटेर विमानस्थल पुग्यो, फेरि अवरुद्ध हुन्छ ।” उनले भने – “मौसमले नै साथ नदिएपछि हामीले कसलाई दोष दिने !, पटक पटकको अवरुद्धले हामी ज्यादै अप्ठ्यरोमा परेका छौँ ।”
गत वर्ष मात्रै कालोपत्रे गरिएको खानीडाँडा विमानस्थलमा नेपाल एयरलाइन्स, तारा र गोमा एयरलाइन्सले उडान भर्दै आएको थियो ।

हिलाम्मे र धुलाम्मे अवस्थामा उडान हुँदै आएको खानीडाँडा विमानस्थल कालोपत्रे गरिएपछि नियमित उडान हुनेमा जिल्लावासी हर्षित बनेका थिए ।
जिल्लामा खानीडाँडाका साथै लामीडाँडा र थामखर्क विमानस्थल छन् । यीमध्ये दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थल गत असारबाटै अवरुद्ध छ । उत्तरी क्षेत्रमा पर्ने लामीडाँडामा समेत नियमित उडान हुन सकेको छैन ।
मध्यपहाडी लोकमार्गमा पर्ने सदरमुकाम जोड्ने दिक्तेल–हलेसी सडक गत जेठबाटै अवरुद्ध छ । जिल्लामा सञ्चालित अन्य सबै कच्ची सडक अहिले अवरुद्ध छ ।
गत वर्षहरुमा सञ्चालन हुँदै आएको दिक्तेल–हलेसी सडक यस वर्ष ठेकेदार कम्पनीले कालोपत्रेका लागि फराकिलो पार्ने नाममा आलो माटो सडकमा थुपारेकाले अवरुद्ध अवस्थामा रहेको यातायात व्यवसायी सङ्घ खोटाङका सचिव रामकुमार हिङ्माङले जानकारी दिए ।

गत वर्षबाटै कालोपत्रेको काम थालिएको दिक्तेल–हलेसी सडक ठेकेदारको ढिलासुस्तीका कारण पर्याप्त काम भएको छैन ।
प्रतिकृया दिनुहोस्
Loading...