पत्रकार बचाउ अभियान सुरु

दाङ, ३ साउन ।

नेपाल पत्रकार महासङ्घ दाङले पत्रकार अर्जुन महराको उपचारका लागि सहयोग गरिदिन भन्दै महरा बचाउ अभियान सुरु गरेको छ ।

रेडियो मध्यपश्चिम घोराहीमा कार्यरत लमही नगरपालिका–११ रातोडाँडा निवासी पत्रकार महरा बोनम्यारोमा समस्या भएपछि अहिले उनको निजामती अस्पताल काठमाडौँमा उपचार भइरहेको छ । उनलाई रक्तमासीमा क्यान्सर देखिएको अस्पतालले जनाएको छ ।

विगत तीन वर्षदेखि पत्रकारितामा सक्रिय रहनुभएका महराको घरको आर्थिक अवस्था निकै कमजोर र परिवारलाई एक्लै उपचार गर्न कठिनाइ भएकाले महासङ्घले यस्तो अभियान सुरु गरेको हो ।

यसैबीच महासङ्घले पत्रकार महराको उपचारका लागि रु १० हजार प्रदान गरेको छ । महासङ्घ दाङका कार्यबाहक अध्यक्ष लक्ष्मी आचार्यले पत्रकार महरा बचाउ अभियानमा सहयोग गर्न सबैसँग अनुरोध गरेका छन् ।

प्रतिकृया दिनुहोस्

Loading...