पिकअपले ठक्कर दिदा बालिकाको ज्यान गयो

राजविराज, ३ साउन ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खोजपुर–८ स्थित सडकखण्डमा आज बिहान टाटा पिकअप गाडीको ठक्करबाट एक बालिकको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको बा२झ ७८४ नम्बरको टाटा पिकअप गाडीको ठक्करबाट सप्तरीको पन्सेरा गाविस–७ निवासी स्मत मियाँकी ३ वर्षीया छोरी सतोहा खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सडकमा हिँड्दै गरेकी ती बालिकालाई गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्कर दिने टाटा पिकअप गाडीलाई इलाका प्रहरी कार्यालय कडरबोनाले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस्

Loading...