पहिरोले पुरिदा एकै परिवारका ३ को मृत्यु

हेटौँडा, ११ साउन ।

मकवानपुर जिल्लाको भीमफेदी गाविस–५ सोला भञ्ज्याङमा गएराति पहिरो जाँदा एकै परिवारका तीन जनाको पुरिएर मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा २५ वर्षीय टेकबहादुर रुम्बालामा, उनकी श्रीमती २३ वर्षीया पार्वती रुम्बालामा र उनका छोरा ५ वर्षीय विकास रुम्बालामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

क्षतिको विवरण अझै आउन बाँकी रहेको भीमफेदी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक वासुदेव थापाले जानकारी दिनुभएको छ ।

सो उद्धारकार्यमा नेपाली सेनाका टोली र स्थानीय प्रहरी टोलीले घटनास्थलमा पुगी उद्धारकार्य गरिरहेको बताइएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...