माओवादी चितवनका दुई कार्यकर्ता विरुद्ध मुद्दा

चितवन, ११ साउन ।

चितवनको रत्ननगरमा सोमबार बिहान ट्रकमा आगजनी गरेको आरोपमा पक्राउ परेका नेकपा माओवादी (विप्लव) का दुई कार्यकर्ता विरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ ।

उनीहरुविरुद्ध आगजनीको महलअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गरिएको चितवनका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए ।

तीनजना पक्राउ परेकामध्ये दुईजना विरुद्ध मुद्दा दर्ता भएको र एक जनाको संलग्नता नदेखिएको पाइएकाले अनुसन्धान पछि छाडिने उनले बताए ।

यसरी म्याद थप गरिएकामा विप्लव माओेवादीको चितवन जिल्ला सदस्य रमेश लामिछाने र कार्यकर्ता डायमण्ड तामाङ रहेका छन् । उनीहरुलाई रत्ननगरबाट पक्राउ गरिएको थियो ।

यस्तै, माडीबाट पक्राउ परेकी हरिमाया महतोलाई भने अनुसन्धानपछि छाडिने प्रहरीले जनाएको छ । सोमबार बिहान रत्ननगरको निपनी चोकमा औषधि बोकेर काठमाडौँ जाँदै गरेको ना ५ ख ७४३२ नम्बरको ट्रकमा आगजनी भएको थियो ।
सोही घटनामा संलग्न रहेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...