राष्ट्रपति र शीर्ष नेताबीच भेटवार्ता हुँदै

काठमाडौँ, १० साउन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बदलिँदो राजनीतिक परिस्थितिका बारेमा परामर्श गर्न प्रमुख तीन दलका शीर्ष नेतालाई बोलाउनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनका सम्बन्धमा छलफल गर्न राष्ट्रपति भण्डारीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री तथा नेकपा ९एमाले०का अध्यक्ष ओली र नेकपा ९माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बोलाउनुभएको हो ।

आज दिउँसो ३ः३० बजे राष्ट्रपति भवन शीतलनिवासमा हुने छलफलमा नयाँ सरकार गठन र संविधान कार्यान्वयन विषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ ।

यसअघि राष्ट्रपति भण्डारीले बाधा अड्काउ आदेश जारी गर्नुपूर्व शीर्ष नेतासँग परामर्शसमेत लिनुभएको बुझिएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...