खोलाले बगाएका युवकको उद्धार, चट्याङले दुई बालिका घाइते
राजविराज, ९ साउन ।
सप्तरीको खाडो खोलाले बगाएका एक युवकलाई प्रहरीले आज उद्धार गरेको छ । जिल्लाको तैरोहता गाविस–३ का १८ वर्षीय धुरन सदालाई खोलाबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।
सदा घर जाने बेलामा बस्बिटीस्थित खाडो खोला तर्ने क्रममा खोलाले बगाएको थियो । सदालाई खोलाबाट स्थानीयवासी र प्रहरीले सकुशल उद्धार गरेको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए ।
यस्तै सप्तरीको फुलबडिया गाविस–२ मा वर्षासँगै परेको चट्याङ लागेर दुई जना बालिका घाइते भएका छन् ।
घाइते हुनेमा स्थानीयवासी रामचन्द्र रायकी ११ वर्षीया छोरी कल्पना कुमारी राय र सात वर्षीया आशा कुमारी राय रहेको प्रहरीले जनाएको छ ।
दुवै बालिकालाई घरमै बसिरहेको अवस्थामा चट्याङ परी टिभीको ऐन्टिनाका तार सर्ट भई करेन्ट लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घाइते दुवै बालिकाको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्
Loading...