बाढीबाट झापाका १२५ घरपरिवार डुबानमा

भद्रपुर, ९ साउन ।

अविरल वर्षाका कारण भद्रपुर नगरपालिका वडा नं ५ का १२५ घरपरिवार डुबानमा परेका छन् । जोखिममा परेका ती घरपरिवारको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले आज बिहानैदेखि उद्धार कार्यमा जुटेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मेची नदीमा आएको बाढीले भद्रपुर नगरपालिकाको वडा नं ५ का बस्ती डुबानमा परेपछि उद्धार कार्य भइरहेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए ।

अविरल वर्षाका कारण बिर्तामोडको अदुवा खोलामा आएको बाढीले अधिकांश भूभाग डुबानमा परेको, बिर्ताबजारको मूल सडकमा पानीको बहाव बढ्न गई सवारी अवागमन बन्द भएको, गरामनी पनि डुबानमा परेको, देउनीय खोलाको मासतिर हर्चाना पुल खतरामा परी बिर्तामोड र भद्रपुर ओहोरदोहोर गर्ने सवारी साधन बन्द भएको प्रहरी नायब उपरीक्षक शर्माले बताए ।

झापाका कनकाई, विरिङ, हडिया, कमल र मेचीजस्ता ठूला नदीमा पानीको सतह बढ्दै गई धेरै मानव बस्ती डुबानमा पर्न सक्ने खतरा बढेको प्रहरीको भनाइ छ । 

, , ,

प्रतिकृया दिनुहोस्

Loading...