अब इन्टरनेट नहुदा पनि फेसबुकमा भिडियो हेर्न मिल्ने
सामाजिक सञ्जाल फेसबुकले अफलाइन भिडियो हेर्न मिल्ने नयाँ फिचर ल्याउन लागेको छ ।
यो सुविधा आएपछि नेपाल जस्ता इन्टरनेट कनेक्शन कमजोर भएका विश्वका प्रयोगकर्ताले अब एन्ड्रोइडमा अफलाइन भिडियो हेर्न सक्नेछन्।
यसको लागि प्रयोगकर्ताले मेनुमा गएर सेभ भिडियो मोडलाई सेलेक्ट गरेर उक्त सुविधा लिन सक्ने फेसबुकले जनाएको छ ।
त्यसपछि उक्त भिडियोको फुटेज प्रयोगकर्ताको सेभ भएको डीभाइसमा आउनेछ र मज्जाले भिडियो हेर्न सकिने छ ।
यो पनि बुझ्न जरुरी छ की आफूले चाहेको भिडियो मोबाइलमा डाउनलोड गर्न सकिदैन । प्रयोगकर्ताले फेसबुक एपमा आएको भिडियो मात्र अफलाइनमा हेर्न सक्नेछन् ।
प्रतिकृया दिनुहोस्
Loading...