प्रतिगोटा ३ सय ७० डलर पर्ने गजबको अंगुर
एजेन्सी, २६ साउन ।
एक जापानी किराना पसलेले अंगुरको एक झुप्पा ११ हजार डलरमा किनेर सबैलाई छक्क पारेका छन् ।
३० वटा अंगुर भएको विश्वकै महँगो सो झुप्पा व्यापारी ताकामारु कोनिसीले आफ्नो पसलमा प्रदर्शनका लागि राख्ने भएका छन् ।
टेनिस बलजत्रो अंगुर पछि खास ग्राहकलाई प्रतिगोटा ३ सय ७० डलरमा बेच्ने उनको योजना छ । जापानमा फलफूल सगुनको राम्रो गरिन्छ । ताकामारुले खरिद गरेको अंगुर ‘रोमन रुबी रत्न’ को नाउँले प्रख्यात छ ।
उक्त अंगुरको खेती सन् १९९२ देखि सुरु गरिएको हो । सो इसिकावा प्रिफेक्चरबाहेक अन्त खेती हुँदैन ।
प्रतिकृया दिनुहोस्
Loading...