'रिमोट कहाँबाट चल्छ भन्ने हामीलाई थाहा छ, टिभी च्यानल किन फेरियो भनेर हामीले इस्यू बनाउँदैनौं'

काठामाडौं, २६ साउन । एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस-माओवादी गठबन्धन देशलाई संवैधानिक र राजनीतिक रिक्ततामा लैजाने षडयन्त्रबाट बनेको टिप्पणी गरेका छन् । 

अहिलेको गठबन्धन निर्माणमा गरिएका सम्झौताहरुलाई एमालेले अनुमोदन नगर्ने ओलीले प्रष्ट पारे ।

प्रेस चौतारी नेपालले बुधबार पार्टी कार्यालयमा आयोजना गरेको अन्तर्क्रियामा ओलीले स्थानीय निकायको चुनाव मंसिरमा नगर्ने निर्णय वर्तमान सरकारले गर्नुमा प्रदेश सभाको चुनाव पनि नगर्ने नियत रहेको दाबी गरे]।
संविधान संशोधन औचित्यको आधारमा हुनुपर्ने तर एमालेले प्रतिशोधको राजनीति भने नगर्ने उनको तर्क छ  । 
कांग्रेस-माओवादीले मधेसी मोर्चा आबद्ध संघीय गठबन्धनसँग संविधान संशोधन लगायतका विषयमा लिखित सम्झौता गरेको तर्फ इंगित गर्दै पूर्वप्रधानमन्त्री ओलीले वर्तमान सरकारले धेरै ठाउँमा कागज र थमौति गरेको भन्दै ति ल्याप्चे लगाइएका र आश्वासन दिइएका सम्झौता अनुमोदन गर्ने काम एमालेले नगर्ने दाबी गरे।
उनले वर्तमान सरकार ‘रिमोट’बाट चलेको पनि अाराेप लगाए । ओलीले भने], ‘यो रिमोटबाट चलेको सरकार हो । रिमोट कहाँबाट चल्छ भन्ने हामीलाई थाहा छ भने टिभी च्यानल किन फेरियो भनेर हामीले इस्यू बनाउँदैनौं ।’

, ,

प्रतिकृया दिनुहोस्

Loading...