आइएसका सिनाई प्रमुख मारिए

एजेन्सी, २१ साउन । 

स्लामिक स्टेट (आइएस)का विद्रोही लडाकुका एकजना प्रमुख सेनाको कारबाहीमा मारिएका छन्। 

इजिप्टको सरकारी सेनाले गरेको हवाई कारबाहीमा इस्लामिक स्टेटका सिनाई प्रान्तका प्रमुख अबु दुआ अल-अन्सारीको मृत्यु भएको हो।

अलअन्सारी सिनाई क्षेत्रमा सबैभन्दा बढी सक्रिय विद्रोही हुन्। उनले विद्रोहीहरुको गुट चलाएर सिनाईमा आक्रमणका घटना घटाउँदै आएको इजिप्टको सेनाले जनाएको छ।

सेनाका अनुसार विद्रोहीमाथि गरिएको हवाई आक्रमणमा ४५ जना अन्य विद्रोही लडाकु मारिएको छन् भने दर्जनौं घाइते भएका छन्। आक्रमणका कारण विद्रोही लडाकुहरुले हतियार र गोलाबारुद्ध राख्ने भण्डारमा पनि क्षति पुगेको छ।

सेनका ब्रिगेडियर जर्नल मोहम्मद समीरले आफ्नो फेसबुकमा अलअन्सारीलाई गोप्य सूचनाका आधारमा गरिएको अप्रेशनमा मारिएको उल्लेख गरेका छन्। सिनाई क्षेत्रमा उक्त विद्रोही समूह सन् २०११ देखि सक्रिय रहँदै आएको थियो। घटनाबारे इस्लामिक स्टेटले भने कुनै प्रतिक्रिया दिएको छैन।

, ,

प्रतिकृया दिनुहोस्

Loading...