ओबामाले आइएसको बारेमा भनेका ७ कुरा यस्ता छन्

काठामाडौं, २१ साउन । 

अमेरिकी राष्ट्रपति बाराक ओबामाले स्लामिक स्टेट आइएसलाई खतम गर्न अहिले पनि आक्रमण भैरहेको बताउनुभएको छ ।

रक्षा मन्त्रालय पेन्टागनमा एक सम्वाददातासँग ओबामाले आइएसलाई खतम गर्न अमेरिका लागि परेको बताउनुभएको हो । 

अमेरिकाले आइएसलाई खतम गर्न ६७ देशको साझा नेतृत्व लिएको पनि ओबामाले बताउनुभएको छ ।

ओबामाले आइएसको बारेमा भनेका ७ कुरा यस्ता छन्

१. अमेरिकाले अहिलेसम्म आइएस विरुद्ध १४ हजार भन्दा बढी हवाई आक्रमण गरिसकेको छ । जसमा इराकमा ९ हजार चारसय र सिरियामा चार हजार सात सय आक्रमण गरेको छ । इराक र सिरियामा आइएसका बरिष्ठ कमान्डर पनि माारिएका थिए ।

२. अमेरिकाले आफ्नो इतिहासमै आइएस विरुद्ध अभूतपूर्व तवरले हवाई आक्रमण गरेको छ । यो सफल पनि छ ।

३. सिरिया तथा इराकमा पछिल्लो एकवर्ष यता अमेरिकाले ठूलो हवाई हमला गरेको छैन ।

४. आइएसलाई खतम गर्न मित्र राष्ट्र इराक र सिरियालाई अमेरिकाले सहयोग गरिरहेको छ । र गर्छ ।

५. अमेरिकालाई विविधताले बलियो बनाएको छ । चरमपन्थी संगठनको विरोधको आवाजले पनि अमेरिकालाई एकता बनाएको छ । यसले देशलाई फाइदा हुन्छ ।

६. आइएसले बेला बेलामा विभिन्न आक्रमण र परेड खेलेर डर देखाउन खोज्छ । तर अमेरिका तथा नेटोले आइएसको यस गतिविधिलाई निस्तेज पार्दै आएका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...