दक्षिणी सुडानले अन्तर्राष्ट्रिय सैनिकलाई आफ्नो देश आउन दिने

एजेन्सी, २२ साउन । दक्षिणी सुडानको सरकारले शान्ति स्थापनाका लागि थप अन्तर्राष्ट्रिय सैनिकलाई आफ्नो देश आउन दिने भएको छ ।

दिक्षिणी सुडान शान्ति सम्झौता कामय गर्ने प्रयासमा रहेका अन्तर्राष्ट्रिय सैनिकलाई सहयोग गर्न आउने थप सुरक्षाकर्मीलाई आउन दिन तयार भएको पूर्वी अफ्रिकन क्षेत्रीय संगठन इगडले जनाएको छ ।

गएको महिना भएको जातीय भिडन्तमा कम्तिमा तीन सय जनाको ज्यान गएको थियो । दक्षिणी सुडानमा अहिले संयुक्त राष्ट्रसंघीय मिसन अन्तर्गत १२ हजार जना सुरक्षाकर्मी कार्यरत छन् । तर ति सुरक्षाकर्मीले पनि आक्रमण रोक्न सकेका थिएनन् । दक्षिणी सुडान फेरि गृह युद्धमा फर्किन सक्ने भन्दै राष्ट्रसंघले त्यहाँ थप सुरक्षाकर्मी पठाउने निर्णय गरेको थियो ।

तर राष्ट्रपति साल्भा किरले थप सुरक्षाकर्मी ल्याउने प्रस्ताव अस्वीकार गर्दै आउनु भएको थियो । अहिले भने त्यहाँको सरकार थप सुरक्षाकर्मी आउने दिने पक्षमा पुगेको बिबिसीले उल्लेख गरेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...