हतियारधारीद्वारा तीन तला माथिबाट फालेर मलेसियामा एक नेपालीको हत्या
काठमाडौं, २२ साउन । मलेसियामा एक नेपालीको हत्या भएको छ । हिजो दिउँसो करीब १२ बजे सुनसरीको इटहरी घर भएका ३२ वर्षीय नगेन्द्र चौधरीको हत्या भएको हो ।
जोहोरवारुको पासिरगुडाङआयरविरुमा रहेको एक कम्पनीमा उनी कार्यरत थिए ।
जोहोरवारुको पासिरगुडाङआयरविरुमा रहेको एक कम्पनीमा उनी कार्यरत थिए ।
होस्टलमा सुतीरहेका चौधरीलाई मोटरमा आएका दुईजना हतियारधारी समूहले होस्टलको तीनतला माथिबाट फालिदिएका थिए । चौधरीको घटनास्थलमै मृत्यु भएको कम्पनीमा कार्यरत प्रकाश बस्नेतले जानकारी दिएका छन् ।
तेल उत्पादन हुने उक्त कम्पनीमा ८० जना नेपालीहरु कार्यरत छन् । चौधरीको हत्यापछि कम्पनीमा कार्यरत सबै नेपालीहरु शोकाकुल भएका छन् ।
घटनास्थलबाट प्रहरीले शवलाई लिएर गएको छ । घटनाको सम्वन्धमा नेपाली दूतावासमा जानकारी गराइसकेको बस्नेतले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्
Loading...