नेविसंघमा प्रतिनिधि विवाद चर्किदै, बन्दसत्र स्थगित

काठामाडौं, २४ साउन ।

प्रतिनिधि विवादका कारण नेपाल विद्यार्थी संघको बन्दसत्र स्थगित भएको छ ।

केहि जिल्ला र क्याम्पसमा विवाद नमिलेपछि (आज) सोमबार बिहान ११ बजेदेखि सुरु हुने भनिएको बन्दसत्र भोलि दिउसो २ बजेसम्मका लागि स्थगित गरिएको विज्ञप्ति मार्फत मुख्यसचिव शिव रिमालले जानकारी गराएका छन ।

पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट पूर्वमहामन्त्री जितजंग बस्नेत र पूर्वउपाध्यक्ष नैनसिंह महर तथा बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट मनोजमणि आचार्य, लक्ष्मण आचार्य, निलकण्ठ रिजाल, आनन्दराज त्रिपाठी, दिपक भट्टराई लगायतले उम्मेदवारी दिए भने कृष्ण सिटौला पक्षबाट कुन्दनराज काफ्लेले उम्मेदवारी घोषणा गरेका हुन ।

काफ्ले नेतृत्वको समूहले विधिसम्मत ढंगले महाधिवेशन प्रतिनिधिहरु छनोट नगरिएसम्म महाधिवेशन सञ्चालन गर्न नदिने अडान लिएको छ ।

नेविसंघले प्रतिनिधि कार्ड लिनका लागि (भोलि) मंगलबार बिहान ८ बजे पार्टी कार्यालय सानेपामा आफ्नो परिचयपत्र र फोटोसहित सम्पर्क गर्न पनि सबै प्रतिनिधिहरुलाई अनुरोध गरेको छ । खानाको कुपनका लागि मुख्य सचिव रिमालसँग सम्पर्क राख्न पनि भनिएको छ ।

सभापतिमा देउवाको विजयसँगै ६ महिनाभित्र नेविसंघको महाधिवेशन गर्ने काँग्रेस केन्द्रीय समितिको निर्णय अनुसार नेविसंघको महाधिवेशन हिजोबाट सुरु भएको हो।

देउवाले हिजो भृकुटीमण्डपमा उद्घाटन गरेकाे महाधिवेशनले एक अध्यक्ष, ११ जना उपाध्यक्ष, २ महामन्त्री, १३ सहमहामन्त्री र एक कोषाध्यक्षसहित १ सय २९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ। त्यसवाहेक विभिन्न पद्मा २२ जना मनोनित गर्ने छ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...