प्रचण्डको चुनौति र अवसर
दीपेन्द्र रोकाया
नेपाली जनताले यतिबेला राष्ट्रिय अभिभावकको खोजी गरिरहेका छन् । त्यो अभिभावक राजनीतिक नेतृत्वबाट छनौट गर्नपर्ने हुन्छ । सबै क्षेत्रको नेतृत्व राजनीतिले गर्ने भएकाले त्यस क्षेत्रबाट खोजी हुनु स्वभाविकै हुन जान्छ ।
प्रमुख दलहरु हुन् वा विद्यमान राजनीतिक दलहरुका नेताहरुको अनुहार चहार्दा त्यस्तो अभिभावक भेट्न गाह्रो पर्दछ । तर सबै परिस्थितिको नापन गर्दै जाँदा जे जति आलोचना भएपनि त्यो अभिभावक हुन लायक ब्यक्तित्व नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड देखा पर्दछन् । यो यथार्थ सबैले स्वीकानै पर्ने भएको छ ।
भन्न अप्ठेरो मान्न पर्दैन, नेपाल विस्तारकालदेखि राज्यसत्ताले निर्माण गरेका अन्तरविरोधलाई पहिचान गर्ने र त्यस अन्तरविरोधलाई परिचालन गरी जनयुद्धको उठान गर्ने साहसी नेतृत्व प्रचण्ड नै हो । प्रचण्डले नेतृत्व गरेको जनयुद्धले १० वर्ष, नौ महिना पाँच दिनसम्म राज्यसत्ताका बिरुद्ध जुन ढंगले हलचल मच्चायो, यसैले नेपालको राज्यसत्तामा निकै ठुलो हेरफेर आयो ।

मान्छेहरु जनयुद्धमा भएको क्षतिको कुरा बढी गर्दछन्, तर यसको तुलनामा देशका लागि अकल्पनीय परिवर्तन भएका छन्, त्यसको संस्थागत नहुनाले प्राप्त भएका उपलब्धीको रक्षा हुन नसकेको मात्र हो । यसैले सबैले भएको परिवर्तनको अनुभुति गर्न पाएका छैनन् ।
यस परिवेशमा नेपाली जनताले खेपेको सशस्त्र द्धन्द्धको एक दशक र शान्तिकाल भनेर परिभाषित गरिएको अर्को दशकको पीडा आफैमा महाभारत बनेका छन् ।
यस परिवेशमा नेपाली जनताले खेपेको सशस्त्र द्धन्द्धको एक दशक र शान्तिकाल भनेर परिभाषित गरिएको अर्को दशकको पीडा आफैमा महाभारत बनेका छन् ।
जनता चमत्कार चाहन्छन्, विकसित समाज विज्ञानका आधारमा कसैले कल्पना गरेजस्तो हुने कुरै भएन । विगतमा माओवादीका अध्यक्ष प्रचण्ड जहाँ भएपनि उनको नाममा आएको एक वक्तब्यले सारा मोर्चा खोल्दथ्यो । तर शान्ति कालमा उनी जति सक्रीय भएपनि उनको आलोचनाको पारो बढेको पाइन्छ । उनले नेतृत्व गरेको पार्टी पनि टुक्रा–टुक्रा भयो, पुनः जोडियो । अहिले आउँदा नेपालमा एउटा कम्युनिष्ट केन्द्र बनाउने लक्ष्य राखी सबभन्दा पहिले माओवाद÷माओविचारधारा मान्नेहरुलाई एउटै केन्द्रमा ल्याउने कार्य भइरहेको छ ।
नेपालमा मान्छेहरु माओ, गान्धी र मण्डेलाजस्ता ब्यक्तित्वको खोजी गर्दछन् । उनीहरु पनि आफ्नो समाजमा आलोचनाभन्दा बाहिर थिएनन् । जो काम गर्दछ, उसले बढी आलोचना खेप्न पर्दछ । नेपालको सन्दर्भमा प्रचण्ड यस्तै पात्र हुन् । उनले जनयुद्ध र शान्तिकालको पार्टी र सरकार सञ्चालनको अनुभव गरेका छन् ।

उनलाई आत्मविश्वास पनि छ कि मैले नेतृत्व गरेँभने अब केही गर्न सक्छु भन्ने आधारमा पार्टी र देशका सामु अर्को परिक्षा दिन तयार भएको देखिन्छ । यो परिस्थिति आउनमा माओवादी केन्द्रको बलमा टिकेका प्रधानमन्त्री केपी ओलीले गरेको बेइमानको परिणाम हो भन्ने कुरा कसैले भनिरहनु नपर्ने तथ्य बनेको छ ।
केही समयअघिसम्म सहमतीय सरकार बन्नुपर्ने अडानका साथ सरकारमा जाने कुरा आफ्नो प्राथमिकतामा नराखेका प्रचण्डले जुन पहलकदमी उठाए, त्यो केपी ओलीजस्ता ब्यक्तिको आँडे स्वरुपले दिएको चुनौतिलाई सामना गर्नका लागि भएको देखिएको छ । तर अब बन्ने प्रचण्ड नेतृत्वको सरकारलाई भारत र अमेरिकाले कसरी प्रयोग गर्छ भनी एकथरीले ब्याख्या विश्लेषण गर्न पुगेका छन् भने अर्कातिर चीनले कसरी ब्यवहार गर्दछ भनी टिप्पणी गर्नेहरु देखा परेका छन् ।

नेपालले चीन र भारतलाई समदुरीमा राखी नेपालको राष्ट्रिय हित अनुकुल सोच्ने र आफ्नो काम सम्पादन गर्न पर्दछ । हरेक कुरा अरुको बुई चढेर गर्ने बानी बसाल्नु हुँदैन । चीनले अहिलेको परिस्थितिलाई आन्तरिक मामिला भनेर जो सरकार भएपनि उही स्तरमा ब्यवहार हुने बताइसकेको अवस्था छ भने भारतले पनि नेपालसँग बिगे्रको सम्बन्ध सुर्धाने संकेत दिएको छ ।
नेपालको शान्ति प्रक्रियामा विभिन्न उतारचढाव र असन्तुष्टिका बीचमा सेना समायोजन भएको थियो । पहिलो संविधानसभाले संविधान दिन नसकेपनि दोस्रो संविधानसभाले नयाँ संविधान दिएको छ । यसमा थुप्रै कुरा अपुग छन् । तरपनि यसभित्र रहेका सकारात्मक उपलब्धीको रक्षा गर्न र समाज विकासमा अघि बढ्ने हो भने स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन निर्धारित समयमा सम्पन्न गर्न आवश्यक छ ।

यसमा हुने सफलताले वि.सं. २००७ सालको अग्रगामी आन्दोलनले पुर्णता पाउने छ । वि.सं. २०५२ सालमा उठान भएको जनयुद्धले उठाएका सवालहरु समाज विकासक्रममा पुरा गर्दै जानु पर्दछ । तर यतिबेला शान्ति प्रक्रिया पुरा गर्नका लागि सत्य निरुपण आयोग र वेपत्ता पारिएका ब्यक्तिको छानवीन आयोगमा परेका उजुरीको किनारा लगाउन जरुरी छ । सबैले सामाजिक न्याय पाउनै पर्छ । यसमा नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसले जिम्मेवार भएर प्रस्तुत हुने बेला आएको छ ।
संयोग नै हो, प्रचण्ड प्रधानमन्त्री हुने बेला बाढी पहिरोले जाने गरेको छ । यसो त महाभूकम्पले देशको केन्द्रिय भाग थला परेको अवस्था छ । यसलाई अवसर मानेर प्राकृतिक विपद ब्यवस्थापनका लागि नेपालको राज्य पुनर्संरचना गर्दा अहिले प्रस्तावित ५३५ गाउँपालिकालाई भोलिको नगरपालिका बनाउने सोच बनेकै हो भने पुनः ५३५ घनावस्तीको छनौट गरी ५३५ वटा शहरको नेपालको परिकल्पना गर्न आवश्यक छ ।

यही आवश्यकतालाई प्रकृतिले पनि प्रचण्डलाई बोध गराउन खोजीरहेको देखिन्छ । सुगौली सन्धिको जगमा भएको वि.संं २००७ सालयताका असमान सन्धि÷सम्झौतालाई पुनरावलोकन तथा समयानुकुल बनाई नेपालको शीर सगरमाथाझै उचो बनाउन सक्नु पर्दछ । यस परिपे्रक्षमा देशभित्र सबैलाई शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेण्टी गराई असमान भूमि नीति हटाउन भूमिको राष्ट्रियकरण गर्न सके अर्को इतिहास निर्माण गर्न सकिन्थ्यो ।
इतिहासका तिथि मितिबाहेक अरु सबै कुरा पक्षधरतामा आधारित भई स–विस्तार गरिएको हुन्छ । तर समकालीन परिवेशमा देशले निकास खोजेको सबैलाई महसुस भएको छ । शान्ति कालको एक दशक कवि भूपि शेरचनको शब्दमा मरेर जानेहरु, बाँचेर त हेर, बाँच्न कति गाह्रो छ ? भन्ने स्थिति रहेको छ । देश युवाविहिन हुन थालेको छ ।

गाउँहरु सुनसान हुँदै गएका छन् । बुढाबुढी, महिला र केटाकेटी मात्र गाउँमा देखिने भएका छन् । यो स्थितिमा देशले खोजेको निकास के हो भन्ने कुरा बोध हुन्छ । निकास खोज्ने क्रममा कतिपयले पुनः राजाको खोजी गर्न थालेको पाइन्छ । कतिपयले सेना सक्रीय भईदिए हुने भनेको पनि पाइन्छ । कतिपयले जंगबहादुर र बुद्धको कल्पना गरेको देखिन्छ । जेहोस्, सबैको परिकल्पनामा देशले निकास चाहेको छ । जनताले त्यस्तो अभिभावकको खोजी गरेका छन्, जसले सामाजिक न्यायको सिद्धान्तमा आधारित भई देशलाई हाँकोस् ।
हिजोको क्रान्ति नायक समाजमा आलोचित भएको देख्दा यो पंक्तिकारले पनि खरो आलोचना गर्दै आएको थियो । नेपालको एक अध्ययनले के देखायो भने भिन्न विचार र परिवेशका बीचमा पनि सबैले पत्याएका र पत्याउन सकिने ब्यक्तित्व प्रचण्ड नै हो । उनले देश, जनताको हितमा उभिएर, आफ्ना अनुभवका आधारमा हिम्मत गर्ने हो भने देशमा देखिएका चुनौतिहरु समाधान गर्न सक्छन् । यसका लागि उनले आफ्नो छवि बनाउन हिडिरहनु पर्दैन, बरु बोलीको ठेगान हुनपर्छ ।

देश र जनताको समस्या बुझ्ने र त्यसलाई बदल्ने सोच भएकाहरुको टिमवर्क गर्न सक्नु पर्दछ । उनले आफ्नो पार्टीका नेता कार्यकर्तालाई गाउँ पस्दा शहिद, वेपत्ता परिवार, अपाङ्ग र घाइते कमरेडहरुबाट भेटघाट थाल्न निर्देशन दिएझै यस अवसरलाई जनयुद्धमा जागिर पाएसरह सहभागी भएकाहरुलाई देश विकासका लागि काममा लगाउने हो भने नेपाललाई विकास आन्दोलनमा सहभागी गराउन सक्नेछन् । के हिम्मतका साथ यो चुनौति सामना गर्न र गराउन प्रचण्ड तयार छन् ?
प्रतिकृया दिनुहोस्
Loading...