सेतीमा डुबेर दुई विद्यार्थीको मृत्यु, एक बेपत्ता, एकजना पौडिएर बाँचे

पोखरा, १८ साउन ।

सेती नदीमा पौडी खेल्ने क्रममा २ विद्यार्थीको डुबेर ज्यान भएको छ । 

खाल्टेमसिनाको ओखलढुंगा भन्ने ठाउँ नजिकै सेती नदीमा विहीबार पौडी खेल्ने क्रममा उनीहरुको डुबेर मृत्यु भएको हो ।

पौडी खेल्ने क्रममा डुबेका अर्का एक जना बेपत्ता छन् भने एकजना पौडिएर बाँच्न सफल भएका छन् ।

डुबेर मृत्यू हुनेमा पर्वत घर भई पोखराको सिर्जनाचोक बस्ने १७ वषिर्य शंकर जिसी र नदीपुरका १७ वषिर्य अभिषेक बरुवाल छन् । उनीहरुको शव नदीले बगाएको ठाउँभन्दा करीब एक किलोमिटर तल भेटिएको थियो ।

त्यस्तै १८ वषिर्य शुरेश मल्ल बेपत्ता छन् । उनलाई विहीबार रातीसम्म सेतीको तल्लो भागमा खोजि गरिएपनि नभेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए ।

सँगै पौडी खेल्न गएका रामबजारका राजिव मल्ल भने पौडिएर बाँच्न सफल भएका थिए । नदीले बगाएपनि उनी पौडी खेल्न सिपालु भएकाले मुश्किलले बाँच्न सफल भएका हुन् ।

चारै जनाको पर्वत भएको र उनीहरु मिल्ने साथी भएकाले सेतीमा नुहाउन सँगै गएका थिए । नुहाउने क्रममा एकजनालाई सेतीले बगाएपछि बचाउन जाँदा नदीले सबैलाई बगाएको उद्धार गरिएका राजिव मल्लले बताएका छन् । मृतकको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...