बाढी, पहिरो र डुबानबाट १०२ को मृत्यु, २२ बेपत्ता ५८ घाइते
काठमाडौँ, १७ साउन ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री भीमबहादुर रावलले यही साउन १० गते यताको वर्षाका कारण बाढी, पहिरो र डुबानबाट मुलुकका ४३ जिल्लामा १०२ जनाको मृत्यु जानकारी दिएका छन् ।
व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा उनले बाढी, पहिरो र डुबानका कारण २२ जना बेपत्ता र ५८ घाइते भएको समेत जानकारी दिए ।
रक्षामन्त्री समेत रहेका उपप्रधानमन्त्री रावलले तत्काल उद्धार, खोज, उद्धार र राहतका लागि विभिन्न मन्त्रालय, सम्बन्धित सुरक्षा निकाय, जिल्लास्थित प्रशासनिक कार्यालय परिचालन भएको बताउँदै रकम अभाव भएमा वा कुनै समस्या भएमा तत्काल खबर गर्न निर्देशन दिइएको बताए ।
उनले केन्द्रीय दैवीप्रकोप उद्धार समितिको साउन १३ गतेको बैठकबाट खाद्यान्न, लत्ता कपडा, भाँडाकुँडा, औषधि लगायत सामग्री तत्काल पु¥याउन निर्देशन दिइएको र मन्त्रिपरिषद्को बैठकबाट थप ७५ करोड शोधभर्नाका लागि निकासा गर्ने निर्णय भएको जानकारी दिए ।
उनले प्युठान, बागलुङ र बाँके अति प्रभावित भएको बताउँदै सम्भावित जोखिम भएका अन्य ठाउँमा थप सचेतना अपनाइएको छ भने ।
महामारी फैलन नदिन स्वास्थ्य मन्त्रालयले सचेतना अपनाएको, नगद निकासाका लागि गाविस सचिवलाई जिम्मा दिइएको, राहत सामग्री हवाई र स्थलमार्गबाट पु¥याइएको र राप्ती नदी प्रभावितलाई उद्धार गरिएको जानकारी दिए ।
बैठकमा सांसद्ले राखेको जिज्ञासामा उनले सप्तरी जिल्लाको तिलाठीमा नेपाल भारत सीमा क्षेत्रमा भारतीय बाँध भत्कँदा दुवैतर्फका जनता भेला भएको र तिलाठीका जनताले सीमा क्षेत्र निक्र्याेल गरेर मात्र बाँध बनाउन दबाब दिँदा अप्रिय घटना हुन नदिन गृह मन्त्रालयले तत्काल कुनै बाँध नबनाउन निर्देशन दिइएको बताए ।
द्विपक्षीय झडपका क्रममा देवनारायण यादव सहितको निःशुःल्क उपचारका लागि निर्देशन दिइएको उनले जानकारी दिए ।
कोसी ब्यारेज आतकङ्ककारीको निसानामा छ भन्ने हल्लाको बारेमा जवाफ दिँदै उनले सरकार आफ्ना सम्पत्ति सुरक्षित गर्न सक्षम रहेको दृढता व्यक्त गरे । रासस
प्रतिकृया दिनुहोस्
Loading...