आमरण अनशन बसेका नेविसंघ नेता ‘सिकिस्त’
काठमाडौं १७ साउन ।
एघारौं महाधिवेशन विधिसम्मत ढंगले हुनुपर्ने माग राख्दै कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन बसेका नेविसंघ कार्यकर्ताहरु विरामी परेका छन् ।
शनिबारदेखि गणेश सापकोटा र रत्नहरी ढुंगेलले आमरण अनशन सुरु गरेका थिए । नेता डिल्लीराम सुवेदीको शरीरमा ग्लुकोजको मात्रा कम देखिएको छ । रत्नहरीमा पनि ग्लुकोजको मात्रा कम र ब्लड प्रेसर हाई देखिएको डाक्टरहरुको भनाई छ ।
आमरण अनशन बसेकाहरु विरामी परेपछि स्टार अस्पतालबाट चिकित्सक बोलाइएको थियो । उनीहरुले मोनिटरिङ उपकरण जडान गरी उपचार गर्नुपर्ने भन्दै अस्पतालमै ल्याउन भनेका थिए ।
तर आमरण अनशन बसेकाहरुले आफूहरुका माग सम्बोधन नभएसम्म उपचारका लागि अस्पताल नजाने अडान राखेका छन् ।
प्रतिकृया दिनुहोस्
Loading...