जीर्ण भवनबाट जोखिमपूर्ण स्वास्थ्य सेवा, कुन बेला भत्कन्छ भन्ने त्रास
उमा के सी, रोल्पा, १४ भदौ ।
हस्तान्तरण नहुँदै रोल्पा जिल्ला अस्पताल जीर्ण भएको छ । निर्माण भएको २८ वर्षसम्म पनि सो अस्पताल सरकारलाई हस्तान्तरण गरिएको छैन।
भवन जीर्ण अवस्थामा रहेपनि जिल्ला अस्पतालले केही वर्ष पहिलेदेखि सोही स्थानबाट जोखिमपूर्ण अवस्थामा स्वास्थ्य सेवा प्रवाह गर्दै आएको छ ।
यसले बिरामी मात्र होइन उपचाररत स्वास्थ्यकर्मी समेत उच्च जोखिममा रहेका छन् । भवन कुन बेला भत्कन्छ भन्ने त्रासबीच चिकित्सकले सो जीर्ण भवनबाट स्वास्थ्य सेवा प्रवाह गरिरहेको उपचारमा संलग्न स्वास्थ्यकर्मी कुलबहादुर डाँगीले बताए ।
निर्माणकार्य सम्पन्न भएको २८ वर्षसम्म पनि हस्तान्तरण नभए पनि यसबारे सरोकारवालामा चासो नदेखिएपछि आफूहरुको पहलमा अस्पतालको सेवाप्रवाह सुरु गरिएको स्थानीय खिमबहादुर घर्तीले बताए ।
गुणस्तरीय स्वास्थ्य सेवाका लागि सुविधासम्पन्न भवन तथा अन्य स्रोतसाधनको आवश्यकता पर्ने भएपनि रोल्पा जिल्ला अस्पताल भने भित्ताभरि प्वालैप्वाल एवम् छानामा प्रयोग भएका काठ समेत गलेका कारण कतिखेर भत्कने हो भन्ने चिन्ताले बिरामी त्रसित भएको महिला स्वास्थ्य स्वयम्सेविका भावना शर्माले बताइन ।
विसं २०४५ मा तत्कालीन निर्माण व्यवसायी डिल्लीबहादुर सुवेदीले ठेक्का लिएर निर्माण गरेको सो अस्पताल लामो समयसम्म बेवारिसे अवस्थामा थियो ।
सुवेदीले अहिलेसम्म पनि अस्पताल भवन सरकारलाई हस्तान्तरण नगरेको भएतापनि सरकारले भने सोही स्थानबाटै सेवा प्रदान गरिरहेको छ ।
प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक नयाँ संविधानले दिएपनि रोल्पाका नागरिकले भने जोखिमपूर्ण अवस्थामा स्वास्थ्य सेवा लिइरहेका छन् ।
प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक नयाँ संविधानले दिएपनि रोल्पाका नागरिकले भने जोखिमपूर्ण अवस्थामा स्वास्थ्य सेवा लिइरहेका छन् ।
प्रतिकृया दिनुहोस्
Loading...