ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु

इनरुवा, १४ भदौ ।

मलामी बोकेर जाँदै गरेको ट्र्याक्टरबाट खसेर सोमबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनीभासी नगरपालिका–१ बस्ने ६० वर्षका छेदान चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

रामधुनीभासी नगरपालिका–१ बाट बराहक्षेत्र–६ तेह्रआरडीस्थित खोलामा शव जलाउन जाँदै गरेको १ त ६२५० नम्बरको ट्र्याक्टरबाट खसेर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक चौधरीको शव परीक्षण गरी परिवारजनलाई जिम्मा लगाइएको छ भने ट्र्याक्टर र ट्र्याक्टर चालक इलाका प्रहरी कार्यालय महेन्द्रनगरको नियन्त्रणमा रहेको सुनसरी प्रहरीले जनाएको छ ।

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...