प्रहरीले छापा मार्न थालेपछि माओवादी नेता-कार्यकर्ताको भागाभाग

प्रकाश डुम्रे, बुटवल १८ साउन ।

बुटवलमा नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका एक दर्जन बढी नेता कार्यकर्ताहरुकाे घरमा प्रहरीले छापा मारेकाे छ ।

प्रहरीले यसरी माओवादी नेता कार्यकर्ताको घरमा छापा मार्न थालेपछि उनीहरुको भागाभाग भएको छ । प्रहरीले यसरी आतंकित पार्न थालेपछि उनीहरु घर छोड्न बाध्य भएका हुन् । 

प्रहरीले केन्द्रीय सदस्य बाला थापालगायतका नेताहरुको घरमा दिउँसै छापा मारेको हाे ।

साेमबार दिउँसो एक बजे थापाको घरभित्र प्रवेश गरी प्रहरीले कोठादेखि गोठसम्ममा छापा मारेकाे थियाे ।प्रहरीले थापाका डायरी र अन्य निजी सामाग्री नियन्त्रणमा लिएको छ।

साेमबारै माओवादी कपिलबस्तुका सेक्रेटरी संगम पुन, जिल्ला सचिवलय सदस्य अशोक बिक लगायतका नेताहरुकाे घरमा प्रहरीले छापा मारेको छ । अाफूहरुलाई प्रहरीले मानसिक यातना दिएकाे परिवारका सदस्यहरुले बताएका छन् ।

यसैबीच नेकपा माअाेवादी कपिलवस्तु सेक्रेटरी संगम पुनले प्रहरीकाे धर पकडले अाफूलाई गम्भीर बनाएकाे बताएका छन् । विना कारण प्रहरी ज्यादती बन्द गर्न अाग्रह गर्दै जारी रहे अाफूहरु पनि चुप लागेर नबस्ने पुनले बताए ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...