काभ्रेमा बस दुर्घटना, २ दर्जन बढीको मृत्यु ठुलो हताहती भएको आसंका

दिया चन्द, काठमाडौँ ३१ साउन  । 

काभ्रेमा बस दुर्घटना भएको छ । काठमाडौँबाट काभ्रेको लागि छुटेको बा ३ ख १०६ नम्बरको यात्रुबाहाक बस कार्तिक देउराली भन्ने ठाँउमा दुर्घटना हुदाँ करिब ४० भन्दाबढि घाइते भएका त्यहाँबाट काभ्रे पोलातिका दीपक पहारीले इमान्दार मिडियालाई जानकारी दिएका छन् ।

बसभित्र धेरै मान्छे च्यापिएको र उनीहरुको उद्धार गर्न स्थानीयलाई गाह्रो परिरहेको पहारीको भनाई छ। घटनास्थलमा प्रहरी पुग्ने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

जिल्ला प्रहरी कार्यकय काभ्रेका अनुसार दुर्घटना के कति कारणले भएको भन्ने एकिन भएको छैन । प्रहरी घटना स्थलतर्फ गइरहेको छ। घटनाबारे थप विवरण आउन बाकी छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...