बन्दमा कक्षा सञ्चालन गरेकाले तीन कलेजमा तोडफोड

काठमाडौँ, ३१ साउन ।

बन्दमा कक्षा सन्चालन गर्ने काठमाडौँका तीन कलेजमाथि अखिल क्रान्तिकारीले कारवाही गरेको छ ।
अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउनेले दिएको जानकारी अनुसार काठमाडौँ मोडेल नर्सिङ कलेज र एसएमएस कलेजले कक्षा र प्रशासन सञ्चालन गरेकाले अखिल क्रान्तिकारीका कार्यकर्ताले तोडफोड गरेका हुन् ।

काठमाडौँ मोडेल कलेजले पूर्वाअञ्चल विश्वविद्यालय र सिटिइभिटीबाट सम्बन्धन लिएर कार्यक्रम संचालन गर्दै आएको छ भने एसएमएस कलेज, बनस्थलीले सिटिइभीटीेका कार्यक्रम सञ्चालन गरिरहेको छ ।

त्यसैगरी शंकरापुर एकेडेमी जोरपाटीमा पनि अखिल क्रान्तिकारीका कार्यकर्ताहरुले तोडफोड गरेका छन् । अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहका अनुसार कलेजले बन्दको अवज्ञा गरेकाले आफ्नो संगठनका कार्यकर्ताहरुले बन्द गराउन खोज्दा तोडफोड भएको बताए ।

तोडफोडको क्रममा कलेजका कम्प्युटर, फर्निचर, झ्यालका सिसा पूर्णरुपमा क्षति भएका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...