ग्वार खोलाको बाढीले दुईजनाको ज्यान लियो

दाङ, २८ साउन । 

दाङको तुलसीपुर–घोराही सडकखण्डमा पर्ने ग्वार खोलामा आएको बाढीले बगाउँदा दुईजनाको मृत्यु भएको छ । 

भने एकजना घाइते भएका छन् । घोराहीबाट तुलसीपुरतर्फ आउँदै रा १ त ११४२ नम्बरको ट्याक्टर आज साँझ बगाउँदा एकको मृत्यु भएको र एकजना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईँले जानकारी दिनुभयो । मृत्यु हुनेको सनाखत हुन सकेका छैन । 

ट्याक्टरमा सवार घाइते पुरन विश्वकर्माको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । 

त्यसैगरी सोही खोलाले बगाउँदा तुलसीपुर–१७ खुम्खानीका जुद्धबहादुर विकको आजै मृत्य भएको प्रहरी नायब उपरीक्षक प्रसाईंले जानकारी दिनुभएको छ ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...