थाइल्याण्डमा श्रृंखलाबद्ध विस्फोट, ४ जनाको मृत्यु, दर्जनौं घाइते

एजेन्सी, २८ साउन । 

थाइल्याण्डको दक्षिणी भागमा भएको श्रृंखलाबद्ध विस्फोटमा कम्तिमा ४ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।

बिहिबार राती राजधानी बैंकक नजिकै रहेको चर्चित पर्यटकीय नगर हुवा हिनमा दुई वटा विस्फोट भएको थियो । जसमा एक स्थानीय व्यापारीको मृत्यु भएको थियो ।

शुक्रबार त्यहीँ रहेको घण्टाघरमा एक अर्को विस्फोट भएको थियो । त्यसलगत्तै फुकेटको पाटोङमा रहको रिसोर्टमा अर्को विस्फोट भएको थियो । शुक्रबार भएको विस्फोटमा कम्तिमा तीन जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बिबिसीले जनाएको छ ।

देशमा रानी सिरिकिटको जन्मदिनको उत्सव मनाइरहँदा उक्त विस्फोट गराइएको हो । हालसम्म कुनै पनि समूहले विस्फोटको जिम्मा लिएको छैन । यद्यपि, दक्षिणका तीन प्रान्तमा थाई सैनिकविरुद्ध सशस्त्र विद्रोह चलाइरहेको पृथकतावादी समूहले यो घटना घटाएको आशंका गरिएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...