मेरिडियन स्कुलः शिक्षा मन्त्रालयकै संरक्षणमा विदेशी नागरिकको हालीमुहाली


काठमाडौँ १९ साउन ।

शिक्षा मन्त्रालयका अधिकारीहरुको संरक्षणमा राजधानीका तीन विद्यालयमा टर्किस नागरिक कार्यरत रहेको पाइएको छ। विद्यालयका हरेक गतिविधिमा मन्त्रालय, विभाग र शिक्षा कार्यालयका कर्मचारी सहभागी भएर संरक्षण दिने गरेका हुन्।

टर्किस शिक्षकलाई तालिम दिएको कार्यक्रममा मन्त्रालयका सहसचिव र उपसचिवहरु प्रमुख अतिथिसमेत बनेर जाने गरेको तथ्य प्राप्त भएको छ। यसबाज बिजनेस भिसामा आएका टर्किस नागरिकले अनुमति विना स्वयंसेवक शिक्षकका रुपमा काम गर्न शिक्षा मन्त्रालय र मातहतका कार्यालयले नै मौन स्वीकृति दिएको प्रष्ट हुन्छ।

‘विद्यालय निरीक्षकदेखि शिक्षा मन्त्रालयका सहचिव तह र प्रधानमन्त्री कार्यालयलाई समेत टर्किस नागरिक गैरकानुनी रुपमा काम गरिरहेको भन्ने थाहा छ,’विद्यालयका एक शिक्षकले भने,‘शिक्षा अधिकारीहरु त घण्टौ्र बसेर गोप्य वार्ता गर्छन्। गलत काम भए पनि उन्मुक्ति दिन्छन्।’

शिक्षा विभागका निर्देशक वैकुण्ठ अर्यालले उक्त विद्यालय अनुमति लिएर सञ्चालन भए पनि विदेशी नागरिक राखेर सञ्चालन गर्नुको औचित्य खोजी भइरहेको बताए। कान्तिपुर दैनिकमा समाचार छ। 

,

प्रतिकृया दिनुहोस्

Loading...