६ जना सावार फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना

काठमाडौ २४ साउन । 
गोरखाको फिनामबाट काठमाडौं आउदै गरेको  फिस्टेल एयरको नाइन एन ए के ए कल साइनको हेलिकोप्टर नुवाकोटमा दुर्घटना भएको छ ।

नुवाकोटको मदनपुर-९ पाखुरेमा हेलिकप्टर खसेको स्थानीयले प्रशासनलाई जानकारी दिएका थिए।
नुवाकोटका सिडियो विष्णुप्रसाद पोखरेलले बताए अनुसा अहिले प्रहरी र नेपाली सेनाको टोली घटनास्थल गएको छ।
गोरखबाट बिरामी लिएर काठमाडौं आउँदै गरेको केलिकोप्टर नुवाकोटबाट सम्पर्कबिहिन भएको र चालक सहित जम्मा ६ जना  सवार रहेको फिस्टेल एयरले जनाएको छ।  उक्त हेलिकोप्टरको पाइलट रञ्जन लिम्बु रहेका छन्।

हेलिकोप्टर गोर्खाबाट दिउँसो १२ बजेर १० मिनेटमा उडेको थियो । १२ बजेर ३५ मिनेट जाँदा सम्पर्क बाहिर गएको फिस्टेल एयरले जनाएको छ ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...