चुम्बनका फाइदै फाइदा, किस गर्नुस् स्वस्थ रहनुस्

काठामाडौं, २४ साउन । 

किसले प्रेमलाई मजबुत बनाउन सहयोग गर्छ, जसलाई हरेक प्रेमजोडी हासिल गर्न चाहन्छन् । दुई जनाबीच शारीरिक रुपमा एक हुनुअघि भावनात्मक रुपले एक हुन मद्दत गर्छ । 

जर्नल मेडिकल हाइपोथेसिसमा प्रकाशित एक अध्ययनअनुसार चुम्बनले महिलाको रोग प्रतिरक्षा प्रणालीलाई वृद्धि गर्छ, चुम्बनबाट महिलाहरु साइटोमेगालो भाइरसबाट बच्न सक्छन् ।

यो भाइरस मुखदेखि मुखसम्म फैलन्छन् । यदि गर्भावस्थाका दौरान महिलामा यो भाइरस फैलन्छ भने नवजात शिशु अन्धोपन तथा अन्य कैयौं जन्मजात रोगको शिकार बन्न सक्छन् । 

कम हुन्छ क्यालोरी अध्ययनका अनुसार चुम्बन क्यालोरी कम गर्न फाइदाजनक मानिएको छ । एक मिनेटसम्म चुम्बन गर्दा दुई देखि ६ क्यालोरीसम्म कम गर्न सकिन्छ । यदि एक जोडी एक घण्टासम्म चुम्बन गर्न सक्छन् भने त्यसबाट कैयौं क्यालोरी खर्च गर्न सक्छन् । 

अनुहारको मांसपेशी हुन्छ मजबूत चुम्बनको अर्को फाइदा हो, अनुहारको मांसपेशीको व्यायाम । अनुसन्धानकर्ताका अनुसार चुम्बनका बेला अनुहारको ३० मांसपेशीको प्रयोग हुन्छ, यसबाट गालालाई सही आकारमा राख्न मद्दत पुग्छ ।

दुखाई बिर्साउछ दिनभर काम गरेर शरिर दुख्छ भने पेनकिलर लिनुको साटो आफ्नो जोडीको चुम्बन लिनुहोस्, यसले पेनकिलरको जस्तै काम गर्छ । तनाव कम हुन्छ चुम्बन गर्दा शरिरमा अक्सटोसिन नामक हर्मोन पैदा हुन्छ । 

यो शरिरलाई तनावमुक्त राख्न मद्दत गर्ने प्राकृतिक हर्मोन हो । यसका साथै एण्डोरफिन्सको पनि स्तर बढ्छ, जसबाट रोमान्टिक संबन्ध मजबूत हुन्छ । दाँत स्वस्थ हुन्छ यदि दाँत स्वस्थ बनाउन चाहनुहुन्छ भने चुम्बन गर्नुहोस् ।

चुम्बनबाट साल्भिया नामक तत्व धेरै उत्पादन हुन्छ, जसले दाँत सडाउने ब्याक्टेरिया भगाउछ । एलर्जी भगाउछ चुम्बनबाट रगतमा एलजीई एण्टीबडीजको स्तर कम हुन्छ । यो एण्टीबडीज हिस्टामाइन निकाल्छ । यो हर्मोन आँछ्यु र आँखाबाट पानी आउनेजस्ता समस्याको कारक बन्छ । 

तर, चुम्बनले यी सबै समस्याको समाधान गर्छ । मुटुको लागि फाइदाजनक चुम्बनले रक्तचाप र कोलेस्ट्रोल नियन्त्रित गर्छ । एक अनुसन्धानका अनुसार आफ्नो जोडीलाई सधै चुम्बन गर्नेहरु सधै तनावमुक्त हुन्छन् । 

साथै उनीहरु आफ्नो सबंन्धमा सन्तुष्ट हुन्छन् । यसकारण चुम्बनका कैयौं प्रकारहरुले मुटुलाई स्वस्थ राखी हरेक प्रकारका मुटुसंबन्धी रोगबाट बचाउछ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...