फेसबुकमा यस्ता पाँच साथीहरुले दिन्छन् मानसिक पीडा, तुरुन्त अनफ्रेन्ड गर्नुहोस्

फेसबुक अब मानिसहरुलाई एक आपसमा जोड्ने माध्यम बनिसकेको छ । युवापुस्ता मात्र नभई आजकाल फेसबुकको प्रयोग बालकदेखि वृद्धसम्मले गर्न थालिसकेका छन् । 

फेसबुकमा हामी धेरैलाई साथी बनाउँछौं । फेसबुकले कतिलाई जोडेको छ भने कतिलाई तोडेको पनि छ ।

फेसबुकमा बनेका सबै साथीहरु राम्रा नै हुन्छन् भन्ने छैन । तीमध्ये कोहीले तपाईंलाई मानसिक तनाव दिनुका साथै तपाईंको जिन्दगी नै बर्बाद पारिदिन सक्छन् । यहाँ आज हामी तपाईंलाई त्यस्तै साथीहरु बारे जानकारी दिँदैछौं जसलाई तपाईंले फेसबुकबाट हटाउँदा नै राम्रो ।

१. तपाईंको उपस्थिती चाहने साथीलाई तुरुन्त हटाउनुहोस्ः

फेसबुकमा तपाईंको फ्रेन्ड लिष्टमा कोही न कोही यस्तो व्यक्ति हुन्छ जो तपाईंको उपस्थिती चाहन्छ र तपाईंको ध्यान आफूप्रति खिच्न चाहन्छ । यस्ता मानिसहरु अरुको ध्यान आफूप्रति खिच्नका लागि प्रश्न उब्जाउने किसिमका स्टेटस अपडेट गर्दछन् ।

यस्ता साथीहरुले तपाईंको समय बर्बाद पार्नुका साथै तपाईंलाई मानसिक तनाव पनि दिने गर्दछ त्यसकारण बुद्धिमानी यो हुनेछ कि तपाईंले यस्ता व्यक्तिलाई आफ्नो सर्कलबाट नै हटाइदिनुहोस् ।

२. स्कूलको ट्रिक लगाउने मानिसलाई नबनाउनुस् फेसबुक फ्रेन्डः

फेसबुकमा तपाईंले धेरैपटक फ्रेन्ड रिक्वेस्ट र मेसेज एकैपटक देख्नुभएको छ होला जसमा लेखिएको हुन्छ, ‘कस्तो छौ तिमी ? हामी एउटै स्कूलमा पढेका थियौं, तिमीलाई याद छ ?’ हामीमध्ये धेरैले सोच्दै नसोची र चिन्दै नचिनेको मानिस हुँदा हुँदै पनि यसको उत्तर ‘हो, मलाई याद छ’ भन्ने दिन्छौं होला ।

जुन सरासर गलत हो । यदि वास्तवमा नै तपाईंहरु एउटै स्कूलमा पढ्नुभएको हो भने र एकअर्कालाई राम्रोसँग चिन्नुहुन्छ भने मात्र फेसबुकमा साथी बन्नुहोस् । नभए ती व्यक्तिले तपाईंको समय मात्र बर्बाद गर्नेछ ।

३. फाल्तु विषयमा तपाईंलाई बिचमा ल्याउने व्यक्तिलाई अनफ्रेन्ड गर्नुहोस्ः

फेसबुकमा तपाईंका त्यस्ता साथीहरु पनि हुनसक्छन् जो संसारभरका मुद्दामा आफ्नो स्टेटस अपडेट गर्छन् र तपाईंको प्रतिक्रिया बुझ्छन् जबकी ती फाल्तु मुद्दामा तपाईंको केही लेनादेना हुँदैन ।

तपाईं पनि आफ्नो पोष्टमार्फत आफ्नो विचार प्रकट गर्ने सोच्नुहुन्छ होला तर यस्ता व्यक्तिका कारणले गर्न सक्नुहुन्न होला । यस्तो अवस्थामा तपाईंलाई जबर्जस्ती कुनै मुद्दामा फसाउन कोसिस गर्ने फेसबुक फ्रेन्डलाई बाईबाई भन्नुहोस् ।

४. आवश्यक भन्दा बढी पोष्ट गर्नेलाई पनि अनफ्रेन्डः

तपाईंको फेसबुक फ्रेन्ड लिष्टमा यस्ता साथीहरु पक्कै हुन्छन् जो तपाईंको हरेक क्रियाकलाप आफ्नो फेसबुकमा अपडेट गर्छन् । आउँदा–जाँदा, खाँदा–पिउँदा, बिहान–बेलुका, दिन–रात जतिबेला पनि आफ्नो हरेक कुराबारे पोष्ट गर्दछन् ।

जबकी उनीहरुको यस्तो कुरामा तपाईंलाई केही मतलब छैन । तपाईंको फेसबुक वालमा उनको लगातार पोष्ट आउनाले तपाईंलाई मानसिक रुपमा आघात बनाउँछ । त्यसकारण यी साथीहरुलाई तुरुन्त अनफ्रेन्ड गर्नुहोस् ।

५. छुटिसकेका मानिसहरुलाई तुरुन्त अनफ्रेन्ड गर्नुहोस्ः

तपाईंको फेसबुक फ्रेन्ड लिष्टमा यस्ता मानिसहरु पनि हुनसक्छन् जससँग तपाईंका मिठा यादहरु जोडिएका छन् तर वर्तमान समयमा उनीहरुसँग तपाईंको साथ छुटिसकेको छ भने यस्ता साथीलाई पनि तपाईंले फ्रेन्ड लिष्टबाट हटाउँदा नै राम्रो ।

त्यस्ता व्यक्तिहरु अरु कोहीसँग खुसी भएको देख्नु तपाईंका लागि पीडादायी हुनसक्छ त्यसकारण तनाव लिनुको साटो उहाँहरुलाई फ्रेन्ड लिष्टबाट हटाउँदा बुद्धिमता ठहरिन्छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...