पोखराबाट पेस्तोलसहित पक्राउ परे भारतिय नागरिक

कास्की १५ भदौ।

कास्की लेखनाथको शिशुवाबाट पेस्तोल सहित एक जना भारतिय नागरिक पक्राउ परेका छन् । लेखनाथ नगरपालिका वडा नं ८ शिशुवा स्थित अशोक अधिकारीको घरवाट ति भारतिय नागरिक पेस्तोल सहित पक्राउ परेको बताइएको छ ।

मार्बलको काम गर्ने भन्दै ति भारतिय नागरिक अधिकारीको घरमा कोठा खोज्दै पुगेको र १२ हजार भाडा तिर्ने गरि आइतबार देखि बसेका थिए । उनी संगै एक महिला र अर्को पुरुष पनि संगं कोठा खोज्दै गएपनि ति भारतिय नागरिक मात्रै अधिकारीको घरमा बसेका थिए ।

शंकास्पद गतिबिधि गरेको थाहा पाए पछि स्थनियले प्रहरीलाई खबर गरेका थिए । उनिबाट एक थान पेस्तोल समेत बरामद भएको् छ ।

श्रोतका अनुसार भारतको सुनौलीबाट सुनको कारोबार गर्ने भन्दै नेपाल आएको र आँफु अपहरणमा परेको भन्दै फिरौति रकम सहित आउन उता खबर गरेपछि नेपाल प्रहरीले उनको हुलिया सहित कास्की प्रहरीलाई जानकारी गराएको थियो ।

भारतकै सुनौलिका सुन ब्यापारीको सुन विक्री गर्ने भन्दै नेपाल आएको र सुनको कारोबार गर्ने ति ब्यापारीलाई अपरणमा परेको भन्दै फोन गरेपछि उनको खोजि भएको बताइएको छ ।

ति भारतिय नागरिकले प्रयोग गरेको मोबाइल लोकेशन केहिदिन देखि पोखरा र लेखनाथका विभिन्न ठाउँमा देखिएपछि उनको खोजिकार्य तिब्र पारिएको थियो ।

घटनाका सम्बन्धमा भने कास्कीका प्रहरी प्रबक्ता गजुसिद्धि बज्राचार्यले थप अनुसन्धान भैरहेकाले थप कुरा भन्न नभिल्ने बताएका छन् ।

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...