स्वास्थ्यमन्त्री गगन छड्के जाँचमा अस्पताल पुगेपछि…

काठमाडौं, १५ भदौ ।

अस्पतालको अवस्था बुझ्न स्वास्थ्यमन्त्री गगन थापा काभ्रे पुगेका छन् । उनले काभ्रेको बनेपा घोकेचौरस्थित शिर मेमोरियल अस्पताल र बुडोलमा रहेको रेयुकाई एइको मासुनागा आँखा अस्पतालको निरिक्षण गरेका छन् ।

अस्पताल पुगेका मन्त्री थापाले बिरामीहरुको स्वास्थ्य अवस्थाका साथै अस्पतालले गरिरहेको उपचारका बारेमा पनि जानकारी लिएका थिए ।

बिरामीले पाएको स्वास्थ्य सुविधाको जानकारी लिएर गगनले समुदायको सक्रियतामा अस्पतालले दिएको सेवा प्रेरणादायी रहेको बताए ।

सरकारले पनि सामुदायिक अस्पताललाई सहयोग गर्नेभन्दै सामुदायिक अस्पतालसँग सहकार्य गरेर अघि बढ्ने बताए । सामुदायिक अस्पतालको विकासका लागि सँधै आफू लागि पर्ने उनले बताए ।

अस्पतालको अवस्थाका बारेमा प्रशासनसँगको जानकारी लिएका गगनलाई शिर मेमोरियल अस्पतालका कार्यकारी अधिकृत डेलएम मोलेले अस्पताललाई सरकारी सहयोग नभएको बताएका थिए ।

, , , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...