एउटा रेड कार्ड, ४० गोल !

काठमाडौँ ८ भदौ ।

स्पेनिस ला लिगाको पहिलो खेल गएको वर्षको विजेता बार्सिलोना र रियल मड्रिडका लागि सुखद रह्यो । आआफ्नो पहिलो खेलमा बार्सिलोना र रियल मड्रिडले प्रभावशाली जित निकाले ।

बार्सिलोनाले रियल बेटिसलाई ६–२ तथा रियल मड्रिडले रियल सोसिडाडलाई ३–० ले हरायो । पहिलो १० खेलमा सात टोली विजयी भए भने तीन खेल बराबरीमा सकिएका छन् । ला लिगाका १० खेलमा ४० गोल भयो । 

यी खेलमा एउटा रातो कार्ड प्रयोग भयो भने ४८ वटा पहेँलो कार्ड । ला लिगाका १० खेलमा ८ हजार दुई सय ५३ पास भएको आधिकारिक वेबसाइटले जनाएको छ । 

पहिलो १० खेलका नतिजा

  • डिप्रोटिभो डि ला कोरुना २–१ एइबर
  • मालागा १–१ ओसासुना
  • सेभिल्ला ६–४ स्पानियोल
  • ग्रनाडा १–१ भिल्लारियल
  • बार्सिलोना ६–२ रियल बेटिस
  • एथ्लेटिको मड्रिड १–१ एलाभेस
  • रियल सोसिडाड ०–३ रियल मड्रिड
  • स्पोर्टिङ डि गिजोन २–१ एथ्लेटिको बिल्बाओ
  • भ्यालेन्सिया २–४ लास पालमस 
  • सेल्टा डि भिगो ०–१ लेगानेस

,

प्रतिकृया दिनुहोस्

Loading...